बजेट बिना गरेको ५ सय चिकित्सकको नियुक्ति रोकियो

चिकित्सक पोष्टिङ ‘दे’ भन्छन, मन्त्रालय समक्ष जवाफ भएन



Download our app to get more features

काठमाडौं ३० साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बजेट बिनै करारमा ५ सय चिकित्सक लिएको छ । देशभरका स्वास्थ्य सस्थामा रिक्त दरवन्दिमा पदपुर्ती गर्ने मनसायले मन्त्रालयले विभिन्न पदमा गरी करारमा लिएको ५ सय चिकित्सकको नियुक्ति रोकिएको छ ।

नियुक्ति भएका ५ सय चिकित्सकहरुलाई तलव खुवाउँने पैसा नभए पछि नतिजा सार्वजनीक गरे लगत्तै नियुक्ति रोकिएको हो । देशभर ५ सय चिकित्सक तत्काल आवश्यक परेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुचना जारी गरी करारमा आवश्यक चिकित्सक लिएको थियो ।

नतिजा सार्वजनीक भएपछि पैसा नभएको भन्दै नियुक्ति रोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालले बताए । स्वास्थ्य सेवा ऐनमा आधारीत भएर मन्त्रालयले चिकित्सक नियुक्ति गरेको थियो । यसले गंभिर समस्या निम्त्याएको छ खनालले भने । 

के भनेको थियो स्वास्थ्य सेवा ऐनले

स्वास्थ्य सेवा ऐनमा कुनै चिकित्सक वा स्वास्थ्यकर्मी अध्ययन असाधारण विदामा बसेको खण्डमा विदाको अवधिभर सेवाको कुनै पद कुनै कारणवस रिक्त हुन गई सो को मागको आकृति फारम भरी लोकसेवा आयोगमा पठाएको तर, पदपुर्ती नभएको खण्डमा करार वा ज्यालादारी नियुक्ति गर्न पाउने व्यवस्था गरेको छ ।

यस्तो व्यवस्था नभएको अवस्थामा भने, ज्यालादारी वा करारमा नियुक्ति गर्न पाईदैन । यता मन्त्री परिषदले संघिय संरचना कार्यान्वयन गर्दै गर्दा स्थायी कर्मचारी बाहेक अरुलाई काममा लगाउँनु परेको खण्डमा छुट्टै बजेटको व्यवस्थापन हुनु पर्ने भनी गरेको निर्णय स्वास्थ्यलाई जानकारी नहुदा अहिलेको समस्या निम्तिएको अधिकारीहरुले बताए । 

पदपुर्ती रोक्नु भनेको बिरामीलाई सेवा नदिनु हो

मन्त्रालयले विदामा गएका र कारणबस लोकसेवाबाट पनि पदपुर्ती नभएको एनेशथेसीया जस्ता पदमा चिकित्सक नियुक्ति गरेको छ । लोकसेवाले सुचना माग्दा एनेशथेसियाको निवेदन समेत आउँदैन यस्तो अवस्थामा पदपुर्ती रोक्नु भनेको बिरामीलाई सेवा नदिनु मन्त्रालयले भनेको छ ।

अहिले पनि यही ऐनका आधारमा समस्या समाधान गर्न मिल्छ भनेर हामीले कर्मचारीको नतिजा सार्वजनीक गरेका थियौं । तर, अहिले आएर बजेट भएन नियुक्ति रोकेर राख्नु परेको छ उपसचिव खनाल भन्छन । 

पोष्टिङ ‘दे’ भन्छन, हामीसंग जवाफ भएन

मन्त्रालयलाई चिकित्सक आवश्यक परेको छ । विगतको कामलाई निरन्तरता दिदै बिभिन्न पदका लागी ५ सयको संख्यामा चिकित्सक आवश्यक भनी सुचना निकालेको थियो । तर, मन्त्री परिषदले स्थायी कर्मचारी बाहेक अन्य कर्मचारीको भर्ना गर्दा छुट्टै बजेटको व्यवस्था हुनुपर्ने भनेपछि हामी छागाँबाट झरेझै भयौ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

उपसचिव खनालका अनुसार नियुक्तिको पर्खाइमा रहेका चिकित्सकले दिनहु फोन गर्ने र मन्त्रालयमा नियुक्ति दे भन्दै आउँछन । हामीसंग उनिहरुलाई दिने जवाफ नै भएन । नियुक्ति दिने समयमा आएर बजेटको फायल घुमाईरहेको छ ।  

७५ करोड रकम आवश्यक  

उपसचिव खनालका अनुसार ५ सय चिकित्सकका लागि प्रत्येक वर्ष ७५ करोड रुपैयाँ रकम आवश्यक पर्छ । उक्त रकम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सगं छैन । सो पैसा अर्थले दिने आधारपनि देखिएको छैन । स्वीकृत दरवन्दि भित्रको खालि पदका लागि ८, ९ र १० तहका ५ सय चिकित्सक नियुक्ति रोकिएको छ । ६२ जना विशेषज्ञ चिकित्सक समेत रोकियो यो अत्यन्तै दुखको विषय हो मन्त्रालयले भनेको छ । 

(आजको नयाँ पत्रिकामा प्रकाशित अर्जुन अधिकारीले लेखेको समाचार)

Last modified on 2018-08-15 16:47:11

1 Comments

  1. karyakrtaharu lai phc haruma varna garer talab khuwaun gareko nirnay rokeko thikai ho district hopitalma dr xanan phc ma 5 -6 jana rakher paisa matra kharcha garnu ko artha xaina


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts