यसकारण हुन्छ पाठेघरको मुखको क्यान्सर 

(भिडियोसहित)



Download our app to get more features

पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुने गर्र्छ । धेरै जना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिला, असुरक्षि यौनसम्पर्क राख्ने महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम उच्च हुन्छ । गाइनोकोलोजिस्ट अमृत पोखरेलले पाठेघरको क्यान्सर कसरी हुन्छ र यो रोगबाट कसरी बच्ने भन्ने बारेमा केहि सुझाव दिएकी छिन् । जानौं डा. पोखरेलको सुझाव ः–

लक्षण:

  • तल्लो पेट दुख्ने ।
  • योनीबाट फोहोर पानी बग्ने ।
  • यौन सम्पर्कपछि रगत बग्ने ।
  • यौन सम्पर्क गर्दा दुख्ने । 
  • परीक्षणका क्रममा पाठेघरको मुखमा घाउ देखिने ।

ध्यान दिनुपर्ने कुराहरू :

  • कम्तीमा वर्षको एक पटक पाठेघरको मुखको जाँच गराउने ।
  • अस्वस्थकर खानपीन नगर्ने । 
  • अविवाहित महिलाले ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाउने । यो भ्याक्सिनले पाठेघरको क्यान्सर ९५ प्रतिशतसम्म रोक्न सक्छ ।

उपचार:

  • पहिलाचे चरणमै रोग पत्ता लागेमा अप्रेशन गरेर पनि उपचार गरिन्छ ।
  • यदि क्यान्सर एड्भान्स चरणमा पुगिसकेको छ भने किमो, रेडियसन दिनुपर्ने हुन्छ ।

सुझाव :

  • महिलाले यौन व्यवहारमा सुधार ल्याउनु पर्छ ।
  • ३० वर्ष नाघेका महिलाले समय समयमा पाठेघरको प्यमपिलोमा पानीको चेक जाँच गर्ने ।
  • महिलामा तल्लो पेट सम्बन्धी कुनै पनि समस्या देखिए चिकित्सकको सल्लाह अनुसार उपचार गर्ने ।
  • ९ देखि २६ वर्षसम्मका महिलालाई भ्याक्सिन पनि दिन सकिन्छ ।

भिडियो हेर्नुहोस् :

Last modified on 2018-08-24 07:37:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts