बच्चा जन्माउने योजनामा हुनुहुन्छ ? यस्ता तयारी थाल्नु होस्



Download our app to get more features

महिलाले बच्चालाई जन्म दिनु भनेको मृत्युको मुखमा पुगेर फर्कनु जस्तै हो । यो अवस्थामा ध्यान दिएन भने महिला र बच्चाको ज्यानै जोखिममा पनि पर्न सक्छ । त्यसैले बेलैमा सावधानी अपनाएर मात्र गर्भाधारण गर्नु राम्रो हुन्छ ।

गर्भवती महिलाले गर्भाअवस्थामा अपनाउनु पर्ने सावधानी
गर्भाअवस्थालाई तीन भागमा बिभाजन गरिएको छ । योजना गरेर मात्रै गर्भवती हुनु राम्रो हुन्छ । पहिलादेखि योजना गरेर बच्चा जन्माएमा हुन सक्ने खतराबाट बच्न सकिन्छ ।

गर्भवती हुने योजना बनाउनु भन्दा २÷३ महिना अगाडीदेखि फोलिक एसिड नामको भिटामीन खाएमा न्युरलटिउडिफेक्ट एनिमिया, बच्चाको नशामा हुने विकास, हड्डीमा आउने समस्याबाट बच्चालाई जोगाउन सकिन्छ । 

पहिलो ३ महिना र अन्तिम तीन महिनामा लामो दुरी, अप्ठयारो सडकमा यात्रा नगर्ने ।

औषधिको प्रयोग नगर्ने गर्भावस्थामा कुनै पनि किसिमका औषधि सेवन गर्नु हँुदैन । यदि सेवन गर्नै परे  डाक्टरको सल्लाह बमोजिम खाने । किनभने पहिलो तीन महिनामा बच्चाको अङ्ग बिकास हुने भएकाले त्यो समयमा अत्यन्त सावधानी अपनाउनु पर्छ ।

गर्भवती महिलाले नियमित स्वास्थ्यको परीक्षण गर्नुपर्छ । यो परीक्षणबाट बच्चा र आमा दुबैको स्वास्थ्य र विकास बारे थाहा पाउन सकिने भएकाले समयमा जाँच गराउनुपर्छ ।

फोलिक एसिड महिलाले गर्भधारण पूर्व र गर्भधारणपछि तीन महिनासम्म अनिवार्य खानु पर्छ ।

यदि कोहिँ योजनाबिनै गर्भवति भएको थाहा भएमा सोहि समयदेखि नैै फोलिक एसिड खानुपर्छ ।

तीन महिना पुरा भएपछि  भिडियो एक्स रे गर्ने । यो भिडियो एक्स रेले बच्चा  पाठेघरमा बसेको छ वा छैन, बच्चाको मुटुको धडकन  आएको छ वा छैन भनेर हेर्ने गरिन्छ । त्यस्तै ठाउँमा बच्चा बसेको छ वा छैन, बच्चा कति वटा छ भरेर थाहा पाउन भिडियो एक्स रे अनिवार्य हुन्छ । 

गर्भवतीले गर्न नहुने काम 
लामो यात्रा नगर्ने ।
यौन सम्बन्ध नराख्ने ।
भारी काम नगर्ने ।
उतानो परेर नसुत्ने ।
प्रोटिनयुक्त धेरै खाना नखाने । 

गर्भवती महिलामा देखिने समस्या 
वाक्वाक् लाग्ने ।
वान्ता हुने ।
रिंगटा लाग्ने ।
भोक नलाग्ने ।

गर्भावस्थामा गर्नुपर्ने काम 
बेला बेलामा भिडियो एक्स रे गर्ने । 
खुकुला कपडा लगाउने ।
अलिअलि खाने जसले गर्दा कमजोर हँुदैन ।
गुलियो खाने ।
झोलिलो खानेकुरा खाने । 
टिटिको सुई दुई पटक लगाउने ।
आइरन र क्याल्सियमयुक्त खाना खाने । 
फष्टक्लास प्रोटिन खाने ।

गर्भवती महिलाले कस्तो व्यायम गर्ने
गर्भवती महिलाले व्यायम भन्दा पनि खाना खाएपछि आदि घण्टा पछि १० ÷१५ मिनेट बिस्तारै हिड्डुल गर्नु राम्रो मानिन्छ । योगा गर्दा विभिन्न खतरा हुने भएकाले योगा नगर्नु नै राम्रो मानिन्छ ।
गर्भवती महिलाले एन्टीबायोटिक सेवन गर्नैहँुदैन । यदि कुनै अवस्थामा सेवन गर्नु परे डाक्टरको सल्लाहमा मात्रै गर्ने । 


प्रस्तुति: ज्ञानु दुलाल

Last modified on 2018-09-02 09:51:23


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts