चिकित्सकले मेडिकल काउन्सिललाई बुझाए प्रमाणपत्र (भिडियो सहित)



Download our app to get more features

काठमाण्डौ, १७ भदौ । नेपाल चिकित्सक संघले मुलुकी ऐनको विरोध गर्दै संकलन गरिएका चिकित्सक प्रमाणपत्र नेपाल मेडिकल काउन्सिललाई बुझाएको छ । बानेश्वरमा वृहत र्यालीसहित विरोध सभा गरेको संघका पदाधिकारी नेपाल मेडिकल काउन्सिलमा पुगेर प्रमाणपत्र काउन्सिललाई बुझाएको हो ।

काउन्सिल पुगेर नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ लगायतको टोलीले नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा. नारायण विक्रम थापालाई चिकित्सक प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।

संघले ६ हजारभन्दा बढि चिकित्सकको प्रमाणपत्र बुझाएको दावी गरेको छ । प्रमाणपत्र बुझाएसँगै संघ अध्यक्ष डा। श्रेष्ठले थप प्रमाणपत्र संकलन भैरहेको बताए । संघले मुलुकी ऐन विस्थापन गर्न बनेको मुलुकी अपराध तथा फौजदारी संहितामा व्यवस्था गरिएको चिकित्सकको कसुर तथा कार्वाहीका दफाहरु संशोधनको माग गर्दै आन्दोलन चर्काइरहेको छ ।

यसैक्रममा संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् भने राजधानी लगायत विभिन्न स्थानमा विरोध जुलुस निकालेका छन् ।

भिडियो हेर्नुहोस् । 

Last modified on 2018-09-02 18:52:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts