मुलुकी ऐनको विरोधमा सयौं चिकित्सक सडकमा, अहिलेसम्मकै ठूलो जुलुस (फोटो फिचर )



Download our app to get more features

काठमाडौ, १७ भदौ । मुलुकी ऐन संशोधनको माग सहित आन्दोलनरत चिकित्सकले राजधानीमा विशाल विरोध जुलुस निकालेका छन् । माइतीघर मण्डलाबाट सुरु भएको विरोध प्रदर्शन नयाँ बानेश्वर पुगेर सभामा परिणत भएको छ । 
मुलुकी अपराध (संहिता)मा चिकित्सक तथा स्वास्थ्यकमीहरुसँग सम्बन्धित व्यवस्थालाई संशोधन गर्नुपर्ने माग गर्दै नेपाल चिकित्सक संघको अगुवाईमा प्रदर्शन गरिएको हो । प्रदर्शनमा ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी भएका थिए । सयौंको संख्यामा प्लेकार्ड बोकेका चिकित्सकहरुले मुलुकी ऐनको विरुद्धमा नाराबाजी गरेका थिए । र्यालीसहितको विरोध सभामा पेशागत संगठनका चिकित्सक नेताहरुले सम्बोधन गरेका थिए । 

कार्यक्रममा प्राध्यापक डाक्टर गोविन्द केसीले पनि तत्काल ऐन संशोधनको माग गरे । उनले कुनैपनि चिकित्सकले बदनियत चिताएर बिरामीको उपचार नगर्ने बताए । डाक्टरहरुले त्रसित वातावरणमा काम गर्न नसक्ने भन्दै डा. केसीले डाक्टरको हेलचक्राईं कसले प्रमाणित गर्ने भन्दै सरकारलाई प्रश्न गरे । सो अवसरमा मेडिको लिगल सोसाइटीका अध्यक्ष डा. हरिहर वस्ती, राष्ट्रिय चिकित्सक संघका महासचिव डा. रमेश ढकाल, पूर्व स्वास्थ्य सचिव डा. प्रविण मिश्र, नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह केसी लगायतले मुलुकी ऐनले चिकित्सा पेशालाई संकटग्रस्त र आतंकित बनाएको टिप्पणी गरे । 

यसैबीच नेपाल चिकित्सक संघले ५ हजारभन्दा बढी चिकित्सकहरुको लाइसेन्स सरकारलाई बुझाउने बताएको छ । मुलुकी अपराध तथा फौजदारी संहिता संशोधनको माग गर्दै राजधानी बाहिरका जिल्ला प्रशासन कार्यालय अगाडि समेत चिकित्सहरुले प्रर्दशन गरेका छन् । 

नेपाल चिकित्सक संघको आह्वानमा देशभरका स्वास्थ्यसंथाको अकास्मिक सेवा  बाहेकको सम्पूर्ण सेवा ठप्प पारिएको छ । 

फोटो फिचर हेर्नुहोस्:

 

बानेश्वरको विरोध सभामा क–कसले के बोले ? भिडियो हेर्नुहोस्

 

यो पनि पढ्नुहोस् 

चिकित्सकले मेडिकल काउन्सिललाई बुझाए प्रमाणपत्र

डाक्टरको आन्दोलन: बसन्त चौधरीदेखि डा. केसीसम्म एउटै जुलुसमा !

Last modified on 2018-09-02 20:50:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts