कर्मचारी सञ्चयकोषका ६ लाख सञ्चयकर्ताको स्वास्थ्य बीमा गर्ने तयारी



Download our app to get more features

काठमाडौ, १ असोज । कर्मचारी सञ्चय कोषले ६ लाख सञ्चयकर्ताको स्वास्थ्य बीमा गर्न आन्तरिक तयारी थालेको छ ।

बोर्ड बैठकले स्वास्थ्य बीमाका लागि सञ्चयकर्ताहरुको प्रिमियम तिर्ने निर्णय पारित गरेकाले कोषले त्यस्तो गृहकार्य थालेको हो । आइतवार राजधानीमा आयोजित कोषको ५७ औं वार्षिकोत्सवमा कोषले कडा रोग र दुर्घटनाका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ बराबरको बीमा गर्ने योजना बनाएको कोषका प्रशासक तु्लसीप्रसाद गौतमले जानकारी दिए । 

यसबारे सम्पूर्ण विवरण सहितको कार्य्विधि भने बनिसकेको छैन । कर्मचारी सञ्चयकोष अन्तर्गतको नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष अर्जुन प्रसाद आचार्यले सञ्चयकर्ताका लागि स्वस्थ्इ बीमा कार्यान्वयन गरिए व्ययभार बेहोर्नुपर्ने बनाउँदै यसबारे बोर्डले गरेको निर्णय हचुवा भएको आरोप लगाए ।


(आजको आर्थिक अभियान दैनिकबाट)
 

Last modified on 2018-09-17 10:16:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts