ग्राण्डी अस्पतालको भँडास : डा. कोइराला र कार्कीलाई १/१ करोडको मानार्थ शेयर नदिँदा छाडे 



Download our app to get more features

काठमाडौं, ३ असोज । केही वर्षयता नेपालमा ह्वात्तै बढेका कर्पोरेट अस्पतालमा अस्वस्थ प्रतिस्पर्धा देखिन थालेको छ । आफुलाई ठूला भन्ने व्यापारिक अस्पतालहरुले चल्तीका डाक्टरहरुको नाम झुण्ड्याएर प्रचार गर्ने प्रचलन पनि बढेको छ ।

एकपछि अर्को ठूला लगानीको अस्पताल खुलिरहँदा नाम चलेका डाक्टरहरुमा पनि दिन प्रतिदिन नयाँ नयाँ अफर र सुविधा लिएर अस्पताल परिवर्तन गर्ने होडबाजी देखिएको छ । पछिल्लो समय नेपालका दुई जना ख्यातीप्राप्त चिकित्सक प्राडा भगवान कोइराला र प्राडा अर्जुन कार्कीले ग्राण्डी अस्पताल छाडेको विषयले राम्रै चर्चा पायो । दुबै डाक्टर ग्राण्डी छाडेर मेडिकल उपकरणका व्यापारी समेत रहेका रामशरण भण्डारी लगायतले खोलेको ह्याम्स अस्पतालमा गएको समाचार हाम्रो डक्टर न्यूजमा प्रकाशित भएसँगै ग्राण्डी अस्पतालले उनीहरुविरुद्ध भँडास पोख्न थालेको छ ।

यसक्रममा उसले डा. कोइराला र डा. कार्कीले मानार्थ शेयर मागेको र दिन नसक्ने बताएपछि अस्पताल छाडेको संगीन आरोप लगाएको छ । अस्पतालका एक अधिकारीले अरुले ग्राण्डी छाडेको विषयमा त्यति समस्या नभए पनि कोइराला र कार्कीले छाड्दा अस्पताललाई अफ्ठयारो परेको स्वीकार गरेको छ । अस्पतालका एक अधिकारीका अनुसार डा. कोइराला र कार्कीले अस्पताल नछाड्न मानार्थ शेयरको सौदाबाजी गरेका थिए । उनले भने ‘उहाँहरुले एकएक करोडको ‘अनररी’ शेयर माग्नुभएको थियो । व्यवस्थापनले दिन नसक्ने जवाफ दिएपछि छाड्नुभएको होला ।’ यसअघि हाम्रो डाक्टरले ‘भटाभट ग्राण्डी अस्पताल छाड्दै डाक्टर’ भन्ने समाचार प्रकाशन गरेपछि अस्पतालले यस्तो प्रतिक्रिया दिएका हो ।
 

Last modified on 2018-09-20 14:13:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts