चिकित्सा अभ्यास लाइसेन्स नै नभएका व्यक्तिलाई ‘चिकित्सक’को दर्जामा विभूषित 



Download our app to get more features

काठमाडौं, ५ असोज । नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा पटक पटक असफल भएका एक व्यक्तिलाई सरकारले ‘चिकित्सक’ को दर्जामा प्रवल जनसेवा श्री चतुर्थबाट सम्मानित गर्ने निर्णय गरेको छ । संविधान दिवस ३ असोजको अवसरमा सरकारले ३३ जना चिकित्सक, औषधि उत्पादक र नर्सलाई स्वास्थ्य क्षेत्रमा विशेष योगदान गरेको भन्दै विभन्न पदक दिने निर्णय गरेको थियो । सो निर्णयमा काउन्सिलबाट चिकित्सा अभ्यास लाइसेन्स समेत नभएका राम थापा क्षेत्रीको नाम समेत छ । 

काउन्सिलले क्षेत्री लाइसेन्स परीक्षामा पटक–पटक सामेल भए पनि उतिर्ण नभएको जनाएको छ। क्षेत्रीले केही  समय अघि काउन्सिलबाट फेल भएका चिकित्सा शिक्षाका विद्यार्थीहरुलाई समेटेर युवा चिकित्सक संघ खोल्ने तयारी पनि गरेका थिए । उनको यो तयारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अवरुद्ध पारिदिएकोथियो । क्षेत्रीलाई धादिङ पुनःनिर्माण प्राधिकरणले पदकका लागि सिफारिस गरेको हो। लाइसेन्स परीक्षा समेत उत्तीर्ण नभएकालाई राजनीतिक तजबिजीका आधारमा ‘चिकित्सक’ भन्दै पदक दिइएकोमा अन्य चिकित्सले विरोध जनाइरहेका छन्। 

तर, क्षेत्रीले भने आफ्नो फेसबुकमा एउटा चिकित्सकले पाएको पदकको वरिष्ठ भनाउँदाहरुले आलोचना गरेकोमा दुःख मनाउ गरेका छन् । उनले भनेका छन्, ‘नेपाल सरकारको सिफारिसमा सम्मानीय राष्ट्रपतिज्यूले विभूषित गर्नुहुने भनेर घोषणा भएको पदक म माओवादी निकटको व्यक्ति भएकोले पाएको हो भनेर समेत आरोप लगाए मनाई। त्यो पनि अरु कसैले होइन मेरै चिकित्सा क्षेत्रका वरिष्ठ डाक्टार साबहरुले ? धन्य छौं भगवान !

काउन्सिल फेल भएकाहरू ‘युवा चिकित्सक संघ’ खोल्ने तयारीमा

Last modified on 2018-09-22 10:30:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts