भदौ अन्तिमसम्म स्वास्थ्य समूहको लोकसेवा खुलाउने तयारीमा सरकार



Download our app to get more features

काठमाडौं, २ भदौ । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका कर्मचारीको समायोजन सकिन अब २ हप्ता मात्रै बाँकी रहेकाले कति कर्मचारी आवश्यक हुन्छ भन्ने यकिन तथ्यांक पत्ता लागेपछि भदौ अन्तिम सम्ममा स्वास्थ्य समूहका लागि लोकसेवा खुलाउने जनाएको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्य समूह अन्र्तगत अब अहेब, हेल्थ असिस्टेन्ट सहितका कर्मचारीको समायोजन सूची पनि चाँडै सार्वजनिक गरिनेछ ।

समायोजनको क्रममा परेको ७ हजार कर्मचारीको गुनासो सम्बोधन गर्न ढिलाई भएकाले स्वास्थ्य समूहको लोकसेवा पनि खुलाउन ढिलाई भएको मन्त्रालयले जनाएको छ । साथै नयाँ थपिएको २ हजार ५ सय वडाका लागि पनि २ हजार ५ सय जना कर्मचारीको लागि लोकसेवा 
खुलाइने छ ।

साथै २५ वर्षदेखि खुलाउन नसकिएको नर्सको विभिन्न पदका लागि पनि यो वर्ष लोकसेवा खुलाउने तयारी सरकारले गरेको छ ।

लोकसेवा आयोग खुलाउँदा अब स्थान किटान गरेरै लोक सेवा खुलाइने छ ।

समायोजन सूची सार्वजनिककै लागि भनेर मन्त्रालयका कर्मचारीहरु गोप्य बैठकमा थियो ।
 

यो पनि 

https://www.hamrodoctornews.com/detail/12784

लोक सेवा आयोग: स्वास्थ्यका यी ६ तहको विज्ञापन र परीक्षा कहिले हुन्छ (हेर्नुहोस्)
 

Last modified on 2019-08-20 06:54:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts