भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी कोरोना संक्रमित



Download our app to get more features

भारत, २६ साउन । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमवार दिउँसो मुखर्जीले आफ्ेनो ट्वीटमार्फत् आफू कोरोना संक्रमित भएको बताएका छन् । 

उनले पछिल्लो एक सातामा जोपनि व्यक्ति मेरो सम्पर्कमा आएका थिए उनीहरुलाई कोरोनाको परीक्षण गराउन र आइसोलेट हुन ट्वीटमार्फत् आग्रह गरेका छन् ।

८४ वर्षीय मुखर्जी भारतीय काँग्रेसका चर्चित नेता हुन् भने सन् २०१२ देखि १७ सम्म भारतका राष्ट्रपति बनेका थिए । बढ्दो उमेरका कारण उनलाई कोरोना संक्रमण देखिएसँगै अस्पतालमा भर्ना गरिएको छ ।

यसैबीच, भारतमा पछिल्लो २४ घन्टामा ६२ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण विश्वकै तेस्रो कोरोना संक्रमित मुलुक भारतमा लगातार १३ औं दिन ५० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै भारतमा कोरोना भाइरसका कारण संक्रमति हुनेको संख्या २२ लाख १७ हजार नाघेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा एक हजार ७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४४ हजार नाघेको छ ।
 

Last modified on 2020-08-10 14:40:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts