समायोजनले स्वास्थ्य सेवा प्रवाहमा फरक पार्दैन: स्वास्थ्य राज्यमन्त्री यादव 



Download our app to get more features

काठमाडौं, १ भदौ । स्वास्थ्य समूहका कर्मचारी समायोजनपछि अस्पताल चिकित्सकविहिन हुने भन्ने समाचार आइरहे पनि स्वास्थ्य मन्त्रालयले भने कर्मचारी समायोजनाले केही फरक नपर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवका अनुसार कर्मचारी समायोजनपछि पदस्थापनाको पत्र नपाउन्जेल यथास्थानमा रहेका काम गर्न निर्देशन दिएकाले स्वास्थ्य संस्थामा दखल पुग्दैन । 

उनले समायोजनपछि कुनै कर्मचारीको पदस्थापन गर्दा त्यस ठाउँमा दरवन्दी कति छ, पदस्थापन गर्दा सेवामा असर पर्ने नपर्ने बारे अध्ययन हुने बताए । 

समायोजनाका क्रममा कर्मचारीले रोजेको ठाउँमा जान पाउने भएकाले पहाडी जिल्ला उनीहरुको प्राथमिकतामा परेको छैन । उनले भने, ‘पहाडी तथा दुर्गम ठाउँमा पनि त कर्मचारी पठाउनु प¥यो । त्यसलाई मिलाउन समय लागेको हो ।’  

समायोजनपछि स्वास्थ्य संस्थामा कर्मचारीको अभाव हुन नदिन पदस्थापना पत्र प्राप्त नहुन्जेल जहाँ काम गर्दै आइरहेको छ सोही स्थानमा गर्न निर्देशन दिएको उनले बताए ।  

पहिलेदेखि नै स्वास्थ्यमा ९ हजार कर्मचारी कम रहेको बताउँदै उनले समायोजनले स्वास्थ्य सेवा प्रवाहमा असर नगरोस् भनेर करारमा कर्मचारी व्यवस्था गरेको जनाए । कर्मचारी समायोजन सुचि सार्वजनिक पदस्थापना पत्र बनिसकेपछि मात्र गर्ने गरेको यादवले बताए । 
 

Last modified on 2019-08-19 08:22:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts