पतञ्जलीका आचार्य बालकृष्ण एम्स अस्पतालमा भर्ना



Download our app to get more features

दिल्ली, ७ भदौ । पतञ्जली आयुर्वेदका कार्यकारी निर्देशक आचार्य बालकृष्ण अस्पताल भर्ना भएका छन् । 
शुक्रबार पेडा आएर बेहोस भएपछि उनलाई एम्स अस्पतालमा भर्ना गरिएको हो । 
अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
पतञ्जली प्रमुख बाबा रामदेवका अनुसार कृष्ण जन्माष्टमीको अवसरमा कसैले पेडा ल्याएको थियो त्यहि पेडा खाएर उनी बेहोस भए । तर, अहिले उनको स्वास्थ्य सामान्य बनेको छ ।
असपतालले आचार्य बालकृष्णको रक्तचाप, चीनिको मात्रा र मुटुको गति जाँच्दा रिपोर्ट सामान्य आएको बताइएको छ । उनलाई आज अस्पतालबाट डिस्चार्ज गरिनेछ ।
 

Last modified on 2019-08-24 16:49:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts