‘एक विद्यालय एक नर्स’ कार्यक्रमका लागि प्रदेश २ मा ८० जना नर्स र अनमी राख्ने तयारी



Download our app to get more features

जनकपुर, १ भदौ । प्रदेश नम्बर २ सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम एक साता भित्र सुरु गर्ने भएको छ । 

सामाजीक विकासमन्त्री नवल किशोर साहले हाम्रो डाक्टरसँग कुराकानी गर्दै अबको एक सातामा विद्यालयमा नर्स र अनमी राख्ने काम सुरु हुने बताए ।

उनले भने, ‘पहिलो चरणमा हामी ८० जना नर्स र अनमीको लागि आवेदन खुलाउँछौं र माध्यमिक तहका विद्यालयमा व्यवस्थापन गर्छौ ।’

सबैभन्दा धेरै बालबालिका विद्यालय बाहिर रहने भएकाले यो कार्यक्रमले धेरै हदसम्म उनीहरुलाई विद्यालयमा ल्याउन सहज हुने उनको भनाइ छ ।

प्रदेश सरकारले यो कार्यक्रमको लागि आगामी बजेटमा व्यवस्था गर्ने तयारी थालेको उनले जानकारी दिए ।

मन्त्री साहले बालबालिकाको स्वास्थ्य जाँच गर्ने व्यवस्था विद्यालयमा हुँदा उनीहरुको स्वास्थ्य अवस्थाबारे पनि थाहा हुने र त्यसले समग्र प्रदेशमा बालबालिकाको स्वास्थ्य अवस्था पनि थाहा हुने बताए ।
 

Last modified on 2019-08-19 08:22:03


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts