सिटिइभिटीद्धारा नर्सिङ, फार्मेसी, अनमी र सिएमएको भर्ना शुल्क निर्धारण, कुनको कति शुल्क ? 



Download our app to get more features

काठमाडौं, ५ भदौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम पारिषद् (सिटिइभिटी)ले भर्ना शुल्क निर्धारण गरेको छ । सिटिइभिटीले प्रावीणता प्रमाणपत्र तह नर्सिङ, प्रमाणपत्र तह सामान्य चिकित्सा, डिप्लोमा इन फार्माेसी, सि.एम. ए र अनमीको नयाँ शुल्क निर्धारण गरेको हो । 

सिटिइभिटीले प्रवीणता प्रमाणपत्र तह नर्सिङका लागि ४ लाख ७५ हजार शुल्क निर्धारण गरेको छ भने सामान्य चिकित्सा तर्फ ४ लाख ४ हजार छ । त्यसैगरी  डिप्लोमा इन फार्मेसी अध्ययनका लागि ३ लाख ३७ हजार ८ सय शुल्क निर्धारण गरेको छ । सिएमए अध्ययनको लागि १ लाख शुल्क निर्धारण गरेको छ भने अनमीको लागि १ लाख २० हजार छ। 

अध्ययन बापतको शुल्क किस्तामा तिर्न सकिने पनि सिटिइभिटीले जनाएको छ । जस अनुसार पहिलो किस्तामा ४० प्रतिशत शुल्क तिर्नुपर्ने छ भने दोस्रो र तेस्रो किस्ता ३०/३० प्रतिशत शुल्क तिर्न सकिने छ । यो शुल्क खानेबस्ने बाहेकको रहेको पनि सिटिइभिटीले जनाएको छ । 


थप जानकारीका लागि

Last modified on 2019-08-22 12:47:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts