बहराइचको अस्पतालमा ७१ बालबालिकाको मृत्यु


Download our app to get more features
Birat Hospital

बहराइच (भारत), ५ भदौ ।  भारतको उत्तर प्रदेश राज्यको नेपालको सीमावर्ती सहर बहराइच जिल्ला सरकारी अस्पतालमा डेढ महिनाको अवधिमा कम्तीमा ७१ जना बालबालिकाको मृत्यु भएको छ । अस्पतालका मेडिकल प्रमुख डीके सिंहले बालबालिकाको मृत्यु भएको पुष्टी गर्दै भने, ‘ठूलो संख्यामा बालबालिका उपचारका लागि अस्पतालमा भर्ना भएका हुन् र विभिन्न रोगका कारण उनीहरुको मृत्यु भएको हो ।’ 

सीमित स्रोतसाधनका कारण अस्पतालले ठूलो समस्या झेल्नु परेको पनि उनले बताए । ‘हामीसँग अहिले २ सय शय्या छ, तर ४ सय ५० भन्दा बढी बिरामी अहिल्यै भर्ना भएका छन् । कार्यबोझ धेरै ठूलो छ । हामीले जतिसक्दो प्रयत्न गरेका छौं ।’ 

गत वर्ष पनि बहराइच नजिकको बाबा राघव दास (बीआरडी) मेडिकल कलेजमा ६० जना भन्दा बढी शिशुको उपचारकै क्रममा मृत्यु भएको थियो । रासस

bnc samyog_advertisement bathrog

Leave a Comment

Spark_health_home NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

BlueCross_Dec12 Related Posts norvic_hospital