'एक चिकित्सक एक अस्पतालमा काम गर्ने' अवधारणा सबै सरकारी अस्पतालमा लागू गरिने



Download our app to get more features

काठमाडौं, ३ भदौ । सरकारले सरकारी अस्पतालमा काम गर्ने डाक्टरलाई निजी अस्पतालमा काम गर्न रोक लगाउने भएको छ ।

प्रतिनिधिसभा को मंगलबार बसेको बैठकमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारी अस्पतालमा काम गर्ने डाक्टरलाई निजी अस्पतालमा बिरामी जाँच्न रोक्ने गरी कानुनी व्यवस्था भएको बताए ।

‘राष्ट्रिय स्वास्थ्य नीति २०७५ र १५ औं योजनामा रहेको एक चिकित्सक एक अस्पतालमा काम गर्ने अवधारणा सबै सरकारी अस्पतालमा क्रमशः लागू गरिने उनको भनाइ छ ।

उनले भने, ‘यो कार्यक्रम प्रभावकारी रुपमा लागू गर्न सेवाको पहुँच विस्तार गर्न सरकारी अस्पतालमा अतिरिक्त सुविधासहितको विस्तारित स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गर्नेछौं ।’

सरकारी अस्पतालका विशेषज्ञ चिकित्सकले निजी अस्पतालमा काम गर्ने स्थिति अन्त्य गर्नुपर्ने उनले बताए ।
 

Last modified on 2019-08-21 14:58:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts