नेपालसँग प्रधानमन्त्रीको उपचार गर्ने क्षमता छैन ? 



Download our app to get more features

काठमाडौं, ३ भदौ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारको विषय उठेको छ । 

सांसद प्रेम सुवालले प्रधानमन्त्रीको उपचार गर्ने क्षमता नेपाली अस्पतालसँग नभएको हो भनी उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई प्रश्न गरेका छन् ।आवश्यक उपकरण किनेर सिंगापुरका डाक्टरलाई नेपाल बोलाएर उपचार गर्न सकिने तर्क पनि गरेका छन् । 

उपचारका लागि साउन १८ गते सिंगापुरमा  गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किएका हुन् । उनी फेरि उपचारका लागि त्यसतर्फ जाँदैछन् ।

स्वास्थ्य मन्त्री यादवले डाक्टरहरुले प्रधानमन्त्रीलाई सिंगापुरमै उपचार गर्न सिफारिस गरेको जवाफ दिएका छन् । ‘नेपालमा धेरै रोगको उपचार सम्भव छ, भइरहेको छ । केही कन्डिसनमा बाहिर जानुपर्ने अवस्था छ’ उनले भने ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य उपचारका लागि बाहिर यहाँका डाक्टरले  बाहिर नै उपचार गराउँदा उचित हुन्छ भनेर उहाँ जानुभएको थियो र फेरि जाने क्रममा हुनुहुन्छ ।’
 

Last modified on 2019-08-21 14:57:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts