प्रधानमन्त्रीको स्वास्थ्य अवस्था किन लुकाइदै छ ?: डा. दीक्षित



Download our app to get more features

काठमाडौं, ३ भदौ । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे आधिकारीक जानकारी नदिएकोमा वरिष्ठ चिकित्सक डा. सुन्दरमणी दीक्षितले आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जान्न पाउनु सबैको हकको कुरा भएको भन्दै सक्दो चााडो उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन आग्रह गरेका छन् ।

उनले कम्तिमा पनि प्रेस विज्ञप्ति जारी गरेर आम जनतालाई मुलुकको प्रधानमन्त्रीको स्वास्थयबारे सबैलाई जानकारी दिनुपर्नेमा जोड दिएका हुन् । रिपोटर्स क्लबमा बोल्दै डा. दिक्षितले प्रधानमन्त्री स्वास्थ्य उपचार गराउन सिंगापुर गए भनेर मात्र हुन्छ ? भन्दै प्रश्न गरे । देशको महत्वपूर्ण व्यक्तिको बारेमा जानकारी चाहियो भन्दै ओलीको भविष्य कस्तो हुनेछ यसको जानकारी पाउनुपर्नेमा पनि उनले जोड दिए ।

Last modified on 2019-08-21 14:58:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts