धादिङ अस्पतालमा चिकित्सक र भिडियो एक्सरे नुहँदा बच्चाको गर्भमै मृत्य



Download our app to get more features

 धादिङ, २१ कात्तिक । नीलकण्ठ नगरपालिका ३ शान्तिटारकी शान्ति रिजाल गर्भमा रहेको बच्च नलचेको शंका लागेर जँचाउन जिल्ला अस्पताल पुगिन् ।

अस्पतालमा असरा मसान्तदेखि नै स्त्रीरोग चिकित्सक थिएनन्, भिडियो एक्सरे गराउने प्राविधिक समेत नहुँदा उनले बच्चाको अवस्था बुझ्न पाइनन् । सामान्य रुपमा ओपिडीमा रहेका चिकित्सकलाई जचाँइन् । बहिरंग चिकित्सकले सामान्य परीक्षण गरिदिएरर केही भएको छैन, ठिन छ भनेर फिर्ता पठाइदिए । तर कात्तिक १२ गते बच्चा जन्मते अनुमानित मिति रहेकोमा ८ गते नै व्यथा लागेपछि रिजाल अस्पताल भर्ना भइन् । भर्ना भएको केहीबेरमै उनले मृत बच्चा जन्माइन् । चिकित्सकले मृत जन्मिएको बच्चाको अवस्था हेरेर करिब एक साता अघि नै बच्चा मृत्यु आमाको पेटमै भएको जानकारी दियो ।

शान्तिका पति हरिप्रासद रिजालले आक्रोशित कात्तिक ४ गते जँचाउन आएको बेला भिडियो एक्सरे गराउन पाएको भए बच्चा जोगाउन सकिन्थ्यो कि ? जिल्ला अस्पताल आउँदा पनि उपचार नपाएर मैले सन्तान गुमाउन पर्यो । जिल्ला अस्पतालमै भिडियो एक्सरे सेवा बन्द भएको साँढे ३ महिना भयो । न त स्त्रीरोग चिकित्सक छन् । राजधानी जोडिएको धादिङ जिल्लाको सदरमुकामकै अस्पतालमा चिकित्सक नहुँदा बिरामी तथा सेवाग्राही समस्यामा छन् ।

अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीका अनुसार असार मसान्तसम्म कार्यरत डाक्टर अर्जुन श्रेष्ठको करार अवधि सकिएपछि भिडियो एक्सरे सेवा र अपरेशन सहितको आकस्मिक प्रसूति सेवा बन्द भएको हो । दरबन्दी अनुसारको चिकित्सक नहुँदा अस्पतालबाट दिने अधिकांश सेवा प्रभावित छन् भने सामान्य उपचारका लागि पनि बिरामी निजी क्लिनिक र काडमाडौंसम्मै धाउन बाध्य छन् । अझ विशेषगरी गर्भवति महिलालाई बढी समस्या छ ।

आपतकालिन अवस्थामा भिडियो एक्सरे समेत गराउन पाएका छैनन् । जिल्ला अस्पताल सेवा क्षेत्र भित्रका गर्भवती महिलामा गर्नुपर्ने भिडियो एक्सरे गर्न कि त निजी क्लिनिकमा कि त विशेषज्ञ चिकित्सक आएको दिन कुर्नुपर्छ कि त काठमाण्डौमै पुग्नपर्छ । 
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
 

Last modified on 2018-11-07 10:21:29


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts