मन्दिरमै शिशु जन्मिएपछि...



Download our app to get more features

सप्तरी, ५ मंसिर । राजविराजस्थित राम मन्दीरमा मंगलबार साँझ एक महिलाले शिशु जन्माएकी छिन् । 

स्वास्थ्य जाँच गराउन सदरमुकाम आएकी रुपनी गाउँपालिका ३ कटैयाका रामबाबु मुखियाकाी श्रीमती इनरवतीले मन्दिरमै शिशुलाई जन्म दिएकी हुन् ।

स्वास्थ्य जाँच गराएर घर फर्किने क्रममा साथै आएकी जेठानी राजकुमारीले उनलाई एकैछिन बस्न भन्दै किनमेल गर्न बजार गएकी थिइन् । सोहीबेला सुत्केरी व्यथा लागेपछि अस्पताल लैजान नपाउँदै शिशु जन्मिएका प्रत्यक्षदर्शी बिसोलाल यादवले बताए ।

मन्दिरमा भजनकिर्तन गरिरहेका भक्त महिलाको सहयोगमा उनले शिशु जन्माएको यादवले बताए । भजनकिर्तन गरिरहेका भक्तजन र स्थानीयवासीको सहयोगमा शिशु तथा आमालाई गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको छ । 

 

(आजको राजधानी दैनिकबाट)


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts