महिनावारी रोक्ने औषधि बढी खाए क्यान्सर (भिडियोसहित)



Download our app to get more features

डा.आरती शाह, वरिष्ठ क्यान्सर रोग विशेषज्ञ 

रजस्वला अर्थात महिनावारी महिलाको नियमित प्रक्रिया हो । रजस्वला हुँदा अरुलाई छुनु हुँदैन्, धार्मिक कार्यहरुमा सहभागी हुनुहुँदैन् भन्ने लगायत भ्रमले रजस्वला रोक्न महिलाले विभिन्न खाले औषधि खाने गर्छन । तर,  रजस्वला रोक्ने औषधिको बारम्बारको प्रयोग स्वास्थ्यका लागि घातक हुन्छ । यस्तो औषधिले क्यान्सर समेत हुन सक्छ । 

यस कारण बारम्बार प्रयोग गर्नु हुँदैन् 

यस्तो औषधि बजारमा सहजै पाइन्छ । कुनै धार्मिक कार्य या कुनै विशेष अवसरमा सहभागी हुने लोभले रजस्वला रोक्न यस्तो औषधि पटकपटक प्रयोग गर्दा तत्कालै र भविष्यमा समेत निकै असर पुग्ने गर्छ । जस्तै,

  • पेट धेरै दुख्ने ।
  • महिनावारी अनियमित हुने ।
  • कोहीमा बढी रगत देखिने त कोहीमा कम ।
  • स्तन दुख्ने, स्तानमा गिर्खाहरु देखिने ।
  • तौल बढ्ने । 
  • उच्च रक्तचाप ।
  • भविष्यमा स्तान र पाठेघरको क्यान्सरको जोखिम । 

औषधिको साइड इफेक्टबाट बच्ने उपाय

यो औषधि जति सहज र सस्तोमा उपलब्ध छ । यसको प्रयोगले दिने परिणाम भने राम्रो छैन् । यद्यपि, हाम्रो समाजमा यसको बारेमा कमै मात्र महिलालाई जानकारी छ । जानकारी भएका महिलालले पनि सहज हुने भएकाले बारम्बार यो औषधि प्रयोग गर्ने गरेका छन् । 

यस्तो समस्याबाट बच्न प्रयोगकर्ता महिला नै सजक हुनु पर्छ । रजस्वला नियमित प्रक्रिया हो । यसलाई रोक्नु हँुदैन् र कुनै पनि कार्य गर्न यसले बाधा पार्दैन भनेर बुझ्न जरुरी छ । साथसाथै सरकारी स्तरबाट पनि यो औषधिको प्रयोगमा जनचेतना फैलाउनुपर्छ ।  यसले गर्ने साइड इफेक्ट र रजस्वला सम्बन्धी भ्रम हटाउन जनचेतना जगाउन सकियो यो समस्याबाट जोगिन र जोगाउन सकिन्छ ।

Last modified on 2018-11-24 07:09:09


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts