नेपाल नेशनल अस्पतालमा बालबालिका सम्बन्धी सबै उपचार सेवा सुरु



Download our app to get more features

काठमाडौं, ७ मंसिर । कलंकीस्थित नेपाल नेशनल अस्पतालले बालबालिकाको विशेष उपचार सम्बन्धी सबै सेवा सुरु गरेको छ । बालबालिकाको विषेश उपचारका लागि अस्पतालले शल्यक्रिया गर्न सम्पूर्ण पुर्वाधार र अप्रेशन थिएटर पनि सञ्चालन गरेको छ । 

अस्पतालले यो सँगै बाल शल्यचिकित्सा सेवा पनि सुरु गरेको छ । बाल शल्यचिकित्सा भन्नाले बालबालिका सम्बन्धी साना ठुला सबै प्रकारका सर्जरी हुन । जन्मेदेखि २८ दिनसम्मको बच्चाको लागि आवश्यक पर्ने सघन उपचार कक्ष (एनआइसियू) र २८ दिनदेखि १४ बर्षसम्मका बालबालिकाको उपचारका लागि आवश्यक पेडियाट्रिक सघन उपचार कक्ष (पीआइसियू) समेत उपलब्ध रहेको अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर प्रकाश पौडेलले जानकारी दिए । साथै अस्पतालमा २४ सै घण्टा बालबालिकाको उपचारको लागि विशेषज्ञ चिकित्सकको टोली रहेको छ । अस्पतालमा समान्य प्रसूति सेवा पनि संचालनमा रहेको छ । 

योसंगै अस्पतालले बालबालिकाको लागी डाइलाइसिसको व्यवस्था पनि गर्ने भएको छ । नेपाल सरकारबाट निःशुल्क उपलब्ध हुने सम्पुर्ण खोपहरुको सुविधा पनि अस्पतालबाटै उपलब्ध हुने डा. पौडेलले जानकारी दिए । अस्पतालले १६ मंसिरदेखि एक हप्तासम्म निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने जनाएको छ । जसमा आउने सम्पुर्ण बिरामीलाई बिशेषज्ञ चिकित्सकले चेकजाँच गर्नेछन् भने विभिन्न उपचारमा ५० प्रतिशतसम्म छुटको व्यवस्या छ । 
 

Last modified on 2018-11-23 16:24:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts