बेइजिङमा संक्रामक रोगका कारण एक महिनामा २ हजार भन्दा बढिको मृत्यु



Download our app to get more features

बेइजिङ, १० मंसिर । चीनको बेइजिङमा संक्रामक रोगका कारण एक महिनाको अवधिमा २ हजार भन्दा बढिको मृत्यु भएको छ ।

हालै सार्वजनिक गरिएको एक तथ्यांक अनुसार गत अक्टुबर महिनामा मात्रै संक्रामक रोगका कारण २ हजार १ सय ३८ जनाको मृत्यु भएको हो । 

राष्ट्रिय स्वास्थ्य आयोगलाई उद्धृत गर्दै हेल्थ न्यूजले लेखेको समाचारमा अक्टोबरमा ६ लाख ४ हजार २ सय ८२ जनामा संक्रमण देखिएको थियो । मृत्यु भएकामध्ये ९३ प्रतिशतको ‘ख’ वर्गका संक्रामक रोग हेपाटाइटिस, क्षयरोग, सिफिलिस, गोनोरियाका कारण भएको आयोगको भनाई छ ।

नोभेम्बर महिनामा हैजाका बिरामी एक जना मात्रै भेटिएको थियो । चीनमा ‘क’ वर्गको संक्रामक रोगमा हैजा र प्लेगलाई मुख्य संक्रामक रोगको सूचीमा राखिएको छ । 

 

(आजको नागरिक दैनिकबाट)

Last modified on 2018-11-26 15:13:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts