२ वर्षदेखि बाँधिएको ५ वर्षीय बालकको उपचार हुने



Download our app to get more features

पाँचथर, १४ मंसिर । विगत २ वर्षदेखी डोरिमा वाँधिएर कष्टकर जिवन विताइरहेका मिक्लाजोङका ५ पाङ्तुवाका ५  वर्षिय बालक मित्रहाङ सम्वाहाम्फको उपचारको लागि स्थानिय निकायले अग्रसरता लिएको छ ।

विहिवार उनलाई मिक्लाजोङ गाउँपालिकाको अग्रसरतामा उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको मिक्लाजोङ ५ का वडा अध्यक्ष अविसन लावतीले वताए ।

आमा शिला चेम्जोङले अर्कोसंग विवाह गरेको र वावु आशिकराम रोजगारीको क्रममा मलेसिया गएपछि डोरीमा वाँधिएर जिवन विताइरहेका बालकको वारेमा समाचार प्रकाशन प्रशारण भएपछि उनको उध्दार सहित उपचारको ब्यवस्था मिलाइएको हो ।

उनलाई उपचारको लागि घोपा पठाउन झापावाट एम्वुलेन्स मगाएर पठाइएको साथै मिक्लाजोङ गाउँपालिका वाट २० हजार र अन्य सहयोगवाट करिव २० हजार गरी ४० हजार रकम समेत उपचारमा पठाइएको वताइएको छ ।

गाउँपालिका प्रमुख अमर माखिम उपप्रमुख उर्मिला राई वडा अध्यक्ष अविसन लावती सहित जिल्लावाट पुगेका संचारकर्मीहरू र स्थानियहरूको विच वालकलाई हजुरआमा र सहयोगिका साथ घोपा पठाइएको हो  । उनको शुक्रवारवाट उपचार सुरु हुने वताइएको छ । साथै आवश्यक पर्ने थप रकमको समेत व्यवस्थापन गर्ने वताइएको छ ।

आगोले पोलेर टाउकोमा चोट लागेपछि उनी मानसिक रुपमा विक्षिप्त भएका थिए ।  दुई वर्षदेखि हजुरवा हजुर आमाले डोरीले बाँधेर पाल्दै आएका छन् ।

 

(आजको राजधानी दैनिकबाट)


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts