सरकारले तोकेभन्दा बढि शुल्क असुल्दै नेशनल मेडिकल कलेज



Download our app to get more features

काठमाडौं, १६ मंसिर । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त बीगञ्जको नेशनल मेडिकल कलेजले विधार्थीसँग सरकारले निर्धारण गरेको भन्दा १४ लाख बढि शुल्क असुलेको पाइएको छ । 

कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकसँग गरेको कुराकानीमा उनीहरुले बडि शुल्क तिरको बताएका हुन् । 

गत असोज २६ गते बसेको मन्त्रिपरिषदको बैठकले काठमाण्डौ उपत्यका बाहिर  ४२ लाख ४५ हजारभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई उल्लघंन गर्दै पर्साको वीरगञ्ज महानगरपालिकामा सञ्चालित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले ५५ लाख ७५ हजार ६ सय शुल्क निर्धारण गरेको छ । 

शैक्षिक कार्यक्रम बाहेक कलेजले होस्टल फी, मेस फीलगायतका अन्य शीर्षकमा असुलेको शुल्कको हिसाब जोड्ने हो भने ६३ लाख हाराहारीमा पुग्ने देखिन्छ । तर, नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका अध्यक्ष डा. जैनदिन अन्सारीले आफुहरुले सरकारले तोकेको भन्दा बढि शुल्क नलिएको दावी गरे  । उनले बढि शुल्क लिएको भन्ने विद्यार्थी वा अभिभावकको नाम भन्न र प्रमाण सहित उजुरी दिन चुनौती दिए । 

विभिन्न शीर्षक राखेर बढी शुल्क असुल्नु ठगी भएको भन्दै नेपाल कानुन व्यवसायी परिषदका सदस्या अधिवक्ता केदार कार्कीले नेशनल मेडिकल कलेजविरुद्ध आवश्यक छानवीन गरी काुननबमोजिम कारबाही गर्नुपर्ने बताए । सरकारले आफुले गरेको निर्णय कार्यान्वयन गर्न कडा कदम चाल्नुपर्ने बताउँदै उनले राजनीतिक संरक्षणको आडमा मेडिकल कलेज सञ्चालकहरुले चर्को शुल्क असुल्ने गरेको बताए । 

नेशनल मेडिकल कलेजका सञ्चालक बसिरुद्दिन अन्सारी गत स्थानीय तहको निर्वाचनमा तत्कालिन एनेकपा माओवादीबाट मेयरमा चुनाव लडेर पराजित भएका थिए । उनी राजनीतिक पहुँच निर्माण गर्न पाटी परिवर्तन गर्ने र नेतालाई रिझाउने विषयमा माहिर मानिन्छन् ।

 

(आजको नागरिक दैनिकबाट)

Last modified on 2018-12-02 13:56:40


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts