नेपाल नेशनल अस्पताल र नेपाल बंलादेश बैंकबीच सहकार्यको सम्झौता 



Download our app to get more features

काठमाडौं, २४ पुस । नेपाल नेशनल अस्पताल र नेपाल बंगलादेश बैंकबीच सेवा आदानप्रदानमा विशेष छुट गर्ने गरी सम्झौता भएको छ ।

बैंकका सेवाग्राहीको स्वास्थ्य उपचारमा अस्पतालले विशेष छुट दिनेगरी सो सम्झौता भएको नेशनल अस्पतालका बजार व्यबस्थापन प्रबन्धक श्रुती राणाले बताइन । सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रबन्धक राणा र बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत सलोनिका सिंहले हस्ताक्षर गरेका थिए । 

नेपाल बंगलादेश बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्ने सेवाग्राहीले अस्पतालको सेवामा १० देखी १५ प्रतिशतसम्मको छुट पाउनेछन् । स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुचलाइ अझ व्यवस्थित बनाउन र दैनिक जीवन सहज बनाउने गरी अस्पतालले अन्य संघ संस्थाहरुसंग पनि यस्ता सम्झौता र सहकार्य गर्दै जाने जनाइएको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts