सामुहिक राजिनामा दिने तयारीमा एचए



Download our app to get more features

काठमाडौं, २६ पुस । आफुभन्दा कम शैक्षिक योग्यता भएका सिनियर असिस्टेन्ट हेल्थ बर्करहरुलाई सरकारले स्वास्थ्य चौकी प्रमुख बनाउन लागेको विरोधमा आन्दोलनरत हेल्थ असिस्टेन्टहरुले सामूहिक राजिनामा दिने तयारी गरेका छन् । सिअहेबलाई स्वास्थ्य चौकीको प्रमुख बनाउने गरी मन्त्रीपरिषद्मा पुगेको फाइल आजै साँझ पाँच बजेसम्ममा फिर्ता नभए सामूहिक राजिनामा दिने उनीहरुले चेतावनी दिएका हुन् । 

हेल्थ असिस्टेन्ट संघले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोही विषयमा वार्ता गरेको छ । सो क्रममा मन्त्रालयका प्रतिनिधिले मन्त्रीपरिषद्मा पुगेको प्रस्ताव फिर्ता गर्ने आश्वासन दिएको संघका उपाध्यक्ष दिनेस खड्काले बताए । मन्त्रालयबाट साँझ पाँच बजेसम्म पनि कुनै लिखतम जानकारी नआए सामुहिक राजिनामा दिने उनको भनाइ छ । 

मंगलबार मन्त्रालय परिसरमा धर्ना गरका हेल्थ असिस्टेन्टहरुलाई बुधबार भने मन्त्रालय प्रवेशमा रोक लगाइएको थियो । आज पनि उनीहरुलाई मन्त्रालयले प्रवेश दिएको छैन । 
 

Last modified on 2019-01-11 07:21:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts