नेपाली चिकित्सकले पाएनन् स्टाइपेन्ड, ५६ जना चिकित्सक विचल्लीमा



Download our app to get more features

काठमाडौं, २९ पुस । भारतको सरकारी संस्थानमा चिकित्साशास्त्रमा एमडी/एमएस, डीएम/एमसीएच गर्ने रजिडेन्ट नेपाली चिकित्सकले सेप्टेम्बरदेखि पाउनुपर्ने स्टाइपेन्ड (मासिक तलबभत्ता) पाएका छैनन् । 

इपेन्ड नपाउँदा करिब एक सय ५६ जना नेपाली चिकित्सक बिचल्लीमा परका छन् । लामो कानुनी लडाईपछि भारतको केन्द्र सरकारले विदेशी विद्यार्थीलाई भारतीयसरह स्टाइपेन्ड दिने निर्णय गरको थियो । 

भारतमा चिकित्साशास्त्र उच्च शिक्षाअन्तर्गत विदेशी कोटामा पढ्नेमा अधिकांश नेपाली विद्यार्थी हुने गरका छन् । उनीहरूले प्रतिमहिना पाउनुपर्ने करिब ८० हजारदेखि एक लाखसम्म भारु नपाएको बताएका छन् । अविलम्ब स्टाइपेन्ड रकम सुचारु गरिदिन नेपाल र भारतका स्वास्थ्य र विदेशमन्त्रीसँग आग्रहसमेत गरका छन् । 

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) नयाँदिल्ली, पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिसर्च, (पीजीआईएमईआर) चन्डीगढ र जवाहरलाल इन्स्टिच्युट अफ पोस्टग्राजुएट मेडिकल एजुकेसन एन्ड रिसर्च (जेआईपीएमईआर) पान्डिचेरीमा अध्ययनरत विदेशी विद्यार्थीले स्टाइपेन्ड पाउने केन्द्र सरकारको निर्णय कार्यान्वयन नभएपछि नेपाली विद्यार्थी अन्योलमा परका हुन् । 

पीजीआईएमईआर, चन्डीगढमा इन्टरमेडिसनमा एमडी गरिरहेका एवं एसोसिएसन अफ रजिडेन्ट डक्टर्स अफ पीजीआईका कार्यकारी सदस्य डा. विपिन यादवले भने, ‘हामी अध्ययनरत संस्थाले १९ सेप्टेम्बर सन् २०१८ देखि स्टाइपेन्ड पाउने गरी आदेश प्रकाशित ग¥यो । हामी सबैसँग बैंक एकाउन्ट नम्बरसमेत माग्यो तर ४ महिना बिते पनि केही भएन ।’ 

यादवका अनुसार पीजीआईएमईआर चन्डीगढको प्रशासनले स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयबाट स्टाइपेन्ड दिन पत्र नआएकाले रकम दिन नसकेको बताए । सन् २०१८ को १२ डिसेम्बरमा उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले समेत भारतीय समकक्षी जेपी नड्डासँग नेपाली डाक्टरको स्टाइपेन्ड तुरुन्त पठाउन दोस्रो पटक आग्रह गरका थिए । 

‘विदेशी रजिडेन्ट डाक्टरलाई भारतीयसरह स्टाइपेन्ड दिने निर्णय मन्त्रालयस्तरमा अडकिएको प्रशासनका पदाधिकारी बताइरहेका छन्,’ एम्समा एमडी गरिरहेका डा.सागर पौडेलले भने, ‘पीजीआईएमईआर, चन्डीगढमा अध्ययनरतको बैंक एकाउन्ट मागिए पनि हामीकहाँ र जेआईपीएमईआर पान्डिचेरीमा त्यो प्रक्रिया सुरु गरिएको छैन ।’ 

भारतमा अध्ययनरत नेपाली डाक्टरका अनुसार पीजीआईमा एमडी÷एमस र डीएम÷एमसीएचमा ६३ जना नेपाली विद्यार्थी अध्ययनरत छन् । यस्तै एम्समा ६८ र जेआईपीएमईआर, पान्डिचेरीमा २५ जना नेपाली विद्यार्थी छन् ।

 

(आजको कान्तिपुर दैनिकमा अतुल मिश्रले लेखेको समाचार)

Last modified on 2019-01-13 13:17:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts