डा. केसीको  देब्रे फोक्सोमा निमोनिया, अक्सिजन  र डब्लुबिसी  निकै कम



Download our app to get more features

काठमाडौं, ६ माघ । डा. गोविन्द केसीमा निमोनियाको समस्यासँगै अक्सिजन र सेतो रक्तकोषिका (डब्लुबिसी)को कमी देखिएको चिकित्सकहरूले बताएका छन् । 

शुक्रबारदेखि त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आइसियूमा राखिएका केसीको देब्रे फोक्सोमा निमोनियाको संक्रमण छ, जसको उपचारका लागि स्लाइनमार्फत एन्टिबायोटिक चलाइएको उपचारमा संलग्न डाक्टरले बताए  । 

केसीको रगतमा अक्सिजनको मात्रा घटेको छ । चिकित्सक टोलीले अक्सिजन दिने प्रयास गरे पनि केसीले मानेका छैनन् । डब्लुबिसीको मात्रा निकै घटेकाले निमोनियाको संक्रमण पैmलिने खतरा रहेको डाक्टरले बताए । ‘निमोनिया र अक्सिजनको कमीसँगै डब्लुबिसी पनि कम हुँदा इन्फेक्सनको खतरा उच्च हुन्छ । जटिल अवस्था निम्तिन सक्ने भएकाले उहाँलाई आइसियूमा राखिएको हो,’ ती डाक्टरले भने ।

अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक भए पनि सरकारले ध्यान नदिएको भन्दै केसीका समर्थकले राजधानीमा प्रदर्शन गरेका छन् ।

(आजको नयाँ पत्रिका दैनिकबाट)

Last modified on 2019-01-20 15:41:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts