दरबन्दी नुवाकोटमा, काम काठमाडौंमा



Download our app to get more features

नुवाकोट, ८ माघ । गाइनोलोजिस्ट डा. जस्मिन श्रेष्ठ, बालरोग विशेषज्ञ डा. मधुसूदन कायस्थ र जनरल फिजिसियन डा. नियन्तादेवी कार्की । तीनै जनाको दरबन्दी जिल्ला अस्पताल नुवाकोट हो। एक जना पनि अस्पतालमा छैनन्। तीनै जना काजमा काठमाडौंमा छन्। जिल्ला अस्पताल त्रिशूलीमा धाउने बिरामी भने उपचार नपाएर छटपटीमा छन् ।

श्रेष्ठ परिवार नियोजन क्षेत्रपाटी, कायस्थ कान्तिबाल अस्पताल महाराजगंज र कार्की वीर अस्पतालमा काजमा छन्। बिरामीको चापले २५ बेडको अस्पताल बढाएर ३७ बेडसम्म बिरामी राखिएको त्रिशूली अस्पताल विकास समितिले जनाएको छ । ‘डाक्टरलाई फर्काइदिन संघीय र प्रदेश मन्त्रालय कैयौं पल्ट धाइसकें,’ अस्पताल विकास समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेल भने, ‘काज गएका फिर्ता भएनन् । नयाँ आएनन्, धाएको धायै छु ।’ 

तीन जिल्लाबाट बिरामी आउने त्रिशूली अस्पतालमा विशेषज्ञ चिकित्सक नआउ“दा बिरामी अन्यत्र जान बाध्य छन् । अस्पतालमा दैनिक नुवाकोट, रसुवा र धादिङका बिरामी उपचारका लागि आउने गरका छन् । जनरल, ओपीडी गरी दैनिक डेढ सयदेखि २ सयसम्म बिरामी उपचारका लागि आउने गरको अस्पतालले जनाएको छ । 

चिकित्सक नभएपछि अस्पतालले गम्भीर बिरामीहरू धमाधम काठमाडौं रिफर गर्न थालेको छ । ‘विशेषज्ञ डाक्टर नहुँदा साह्रै सास्ती पाइयो,’ निमित्त मेडिकल सुपरिटेन्डेन्ट देवकी खतिवडाले भनिन्, ‘गम्भीर बिरामी हामीले सक्ने जति उपचार गररे रिफर गररे पठाउनुबाहेक अर्को विकल्प छैन ।’ अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट गरी १७ जना स्थायी मेडिकल चिकित्सकको दरबन्दी छ ।

स्थायी चिकित्सक अभावले जेनतेन ओपीडीको टिकट, ल्याब, बेड चार्जलगायतबाट उठेको रकमबाट सेवा प्रवाह गरको समितिले जनाएको छ । अस्पतालमा लेखापाल र सहलेखापालसमेत छैनन् । जिल्ला अस्पतालले चिकित्सक माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पटकपटक विशेषज्ञ चिकित्सक पठाइदिन पत्र पठाइसकेको छ । मन्त्रालयलाई पठाएको पत्रमा लेखिएको छ, ‘५० बेडको क्षमताको अस्पताल भए पनि दरबन्दीअनुसार चिकित्सक तथा कर्मचारीहरू नहुनाले सेवा प्रवाहमा धेर कठिनाइ भइर हेको छ ।’ अस्पतालले बढी समस्या प्रसूति सेवा परको जनाएको छ । अल्ट्रासाउन्ड, दुई जना एमडीजीपी, १/१ जना बालरोग विशेषज्ञ, एनेस्थेसिया सहायक, मेडिकल अधिकृत पठाइदिन भनेको छ । 

खतिवडाले यहाँ आउने चिकित्सकले बिरामीको उपचार सेवा गरबापत् दुर्गमको जस्तो बढुवाको नम्बर नपाइने बताइन् । ‘यहाँ डाक्टर आउन मान्दैनन्,’ उनले भनिन्, ‘दुर्गममा जस्तो नम्बर आउँदैन र निजीमा पार्टटाइम गर्न पाइँदैन । तलबको भरमा २४ घण्टा काम गर्नुपर्दा आउन मान्दैनन् ।’ यहाँ पार्टटाइम काम गर्न क्लिनिकहरू छैनन् । यहाँ बस्नु र भ्यालीमा बस्नु कुनै फरक नभएकाले डाक्टर नुवाकोट आउन नमानेको समितिको बुझाइ छ ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-01-22 13:59:19


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts