हचुवाको भरमा ‘लाइसेन्स’ बाँड्दै स्वास्थ्य व्यवसायी परिषद्



Download our app to get more features

काठमाडौं, २८ माघ । स्वास्थ्य व्यवसायी परिषद्ले एक वर्षमै ९ हजार ६ सय जना स्वास्थ्यकर्मीलाई दर्ता प्रमाणपत्र (लाइसेन्स) दिएको छ । परिषद् बोर्डले पूर्णता नपाइरहेको अवस्थामा बोर्डले हचुवाको भरमा लाइसेन्स वितरण गरेको हो । परिषद्ले आर्थिक वर्ष २०७४र७५ मा सो संख्यामा लाइसेन्स वितरण गरेको हो ।

परिषद्ले शैक्षिक योग्यता प्रमाणपत्रलाई आधार मानेर लाइसेन्स वितरण गर्ने गर्छ । सम्बन्धित विश्वविद्यालयबाट उत्तीर्ण गरेको शैक्षिक प्रमाणत्रलाई विषयगत समितिमा प्रस्तुत गर्ने र बोर्डले पास गर्ने प्रावधान छ ।

हालसम्म १ लाख १० हजार २१० जनाले लाइसेन्स लिइसकेका छन् । जसअन्तर्गत जनस्वास्थ्यमा ४ हजार ५२०, स्वास्थ्य शिक्षामा ११९, मेडिसिनमा ७० हजार ८२९, मेडिकल माइक्रोबायोलोजीमा २६१ जनाले लाइसेन्स पाएका छन् ।

बोर्डले अहिलेसम्म ल्याबोरेटरीमा २४ हजार ९३०, रेडियोग्राफीमा २ हजार २३३, रेडियो थेरापीमा १७, काइट्रोलोजीमा ४, हेमाटोलोजीमा २६, बायोकेमेस्ट्रीमा २६१, भाइरोलोजीमा सात जनालाई लाइसेन्स उपलब्ध गराइसकेको छ ।

परिषद्का अनुसार न्युक्लियर मेडिसिनमा तीन, आयुर्वेदमा १ हजार ३६१, होमियोप्याथीमा २९५, युनानीमा १३, अकुपन्चरमा १५३, फिजियोथेरापीमा १ हजार ५८६ जनालाई लाइसेन्स वितरण गरिसकेको छ ।

यस्तै, कम्युनिटी बेस रिहयाबिलेसनमा एक, प्रोस्थेटिक एन्ड अरथ्रिटिकमा २४, डेन्टल असिस्टेन्टमा १ हजार ७२६, न्याचुरोप्याथीमा ५०, योगामा १३, अफथामोलोजिमा १ हजार ५४८, कार्डियोलोजीमा तीन जनालाई लाइसेन्स उलब्ध गराइएको परिषद्को तथ्यांकमा उल्लेख छ । परिषद्ले हालसम्म ३२ विधामा लाइसेन्स वितरण गरेको छ ।

 

(आजको राजधानी दैनिकबाट)

Last modified on 2019-02-11 12:45:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts