गर्भवति र सुत्केरीलाई गण्डकी प्रदेशको एयरलिफ्ट सेवा



Download our app to get more features

पोखरा, १ फागुन । गण्डकी प्रदेश सरकारले जटिल अवस्थामा रहेका गर्भवति र सुत्केरी महिलालाई हेलकप्टरबाट उद्दार गर्ने भएको छ ।

गण्डकी सरकारको मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । 

बैठकले गर्भवति तथा सुत्केरी महिलाको जटिलता व्यवस्थापनकालागि सुविधासम्पन्न अस्पतालमा पुर्याउने एयरलिफ्ट कार्यविधि २०७५ पारित समेत गरेको छ ।

स्वास्थ्य जाँच गर्ने स्वास्थ्यकर्मीले प्रदेश स्तरीय सम्पर्क समितिमा सम्पर्क गरी एयरलिफ्टिङ सुविधा लिन सक्ने, समितिको सिफारिसमा प्रदेश सरकारले हेलिकप्टरमार्फत उद्दार गरी अस्पताल सम्म पुर्याउने सुविधा निःशुल्क उपलब्ध गराउने आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले बताए ।

 

(आजको अन्नपुर्णपोष्ट दैनिकबाट)

Last modified on 2019-02-14 07:04:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts