एआईबीटीमा नर्सिङ अध्ययन गर्न जाने विद्यार्थीलाई एनओसीमा रोक



Download our app to get more features

काठमाडौं, १५ फागुन । नर्सिङ पढिरहेका नेपाली विद्यार्थीलाई अलपत्र पार्ने अस्ट्रेलियन इन्स्टिच्यूट विजनेस एन्ड टेक्नोलोजी (एआईबीटी) मा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले नो अब्जेक्सन लेटर (एनओसी) दिन बन्द गरेको छ ।

सचिवस्तरीय निर्णय अनुसार मन्त्रालयले मंगलबारदेखि नै एनओसी बन्द गरेको वैदेशिक शाखाका उपसचिव देवीप्रसाद उपाध्यायले जानकारी दिए । अर्को निर्णय नभएसम्म एनओसी बन्द गरिएको छ । एआईबीटी बन्द भएपछि विद्यार्थी अलपत्र परेको विषयमा मन्त्रालयले परराष्ट्र मन्त्रालयसँग पनि राय लिएको थियो ।

नेपाली विद्यार्थी अलपत्र परेकोबारे यथार्थ पत्ता लगाई प्रतिवेदन पेश गर्न मन्त्रालयले सहसचिव देवकुमारी गुरागाईँको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ । समितिले शैक्षिक परामर्श व्यवसायीसँग बयान लिइरहेको छ । समितिलाई ७ दिनको म्याद दिइएको छ । समितिमा ४ सदस्य छन् । कलेज के कारण बन्द भयो, कसरी र किन बन्द हुने अवस्थामा पुग्यो र जोखिममा रहँदारहँै कसरी विद्यार्थी त्यहाँ पढ्न पुगे भन्ने लगायतका विषयमा अध्ययन गर्न समितिलाई निर्देशन दिइएको छ ।

 

(आजको अन्नपूर्ण पोष्ट दैनिकबाट)

Last modified on 2019-02-28 06:18:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts