गर्भनिरोधक चक्कीले महिलाको मस्तिष्कमा पर्छ असर !



Download our app to get more features

गर्भनिरोधक चक्कीको प्रयोग गर्ने महिलाको मस्तिष्कमा असर पार्ने एक अध्ययनले देखाएको छ । गर्भनिरोधक चक्कीको प्रयोग गर्ने महिलालाई अरुको अनुहार देखाएर उनको भावना बुझ्नमा समस्या हुने गरेको छ । जर्मनीको वैज्ञानिकले गरेको एक अध्ययनमा यो दावी गरेका छन् । गर्भनिरोधक चक्कीको केहि साइड इफेक्ट्सको बारेमा जानकारी पहिले नै जानकारी हुन्छ की, यसको सेवनले मूडमा परिवर्तन हुन्छ, मन आत्तिने हुन्छ, टाउकाृ दुख्ने हुन्छ र स्तन दुख्ने जस्ता समस्या आउन सक्छ भनेर । तर, हालै गरिएको अध्ययनमा भने गर्भनिरोधक चक्कीको सेवनले त्यतिमात्र नभई मानसिक स्वास्थ्यमा पनि असर पार्ने जनाएको छ । 

जर्मनीको ग्र्याफ्स्वाल्ड यूनिभर्सिटीले १८ देखि ३५ वर्षका ९५ जना स्वस्थ महिलामाथि यस विषयमा अध्ययन गरेको थियो । जसको नतिजा साइन्स जर्नल फ्रन्टियर्स इन न्यूरोसाइन्समा पनि प्रकाशित गरिएको छ । अध्ययनकर्ताका अनुसार यी नतिजाले भविष्यमा बन्ने गर्भनिरोधक चक्कीका लागि दिशा निर्देश गर्नमा मद्दत मिल्नेछ । 

महिलालाई देखाउनुस कसैको पनि अनुहारको फोटो  
अध्ययनमा सहभागि ४२ महिलालाई गर्भनिरोधक चक्कीको सेवन गर्ने गरेको स्विकार गरिन् भने ५३ जना महिलाले गर्भनिरोधक चक्की सेवन नगरेको बताइन् । त्यसपछि ती दुवै समूहका महिलालाई मानिसहरुको ३७ वटा ब्ल्याक एण्ड वाइट फोटो देखाइयो । जसमा आँखाको वरपरको क्षेत्र मात्र फोकस गरिएको थियो । प्रत्येक फोटोमा ४ वटा तह थिए जसमा “गर्व’’ र “घृणा’’ जस्ता जटिल भावनाको नाम लेखिएको थियो र सोधिएको थियो कि यस मध्ये कुन भावना सम्बन्धित फोटोको व्याख्या गर्छ । ती मध्ये गर्भनिरोधक चक्की सेवन गर्ने महिलाहरुले ३ गलत र एक मात्र सहि उत्तर दिन सकिन् । 
फेरि ती महिलालाई महिला भनियो कि लेबल सँग जुडेको बटनलाई तुरुन्त थिचेर यसको उत्तर दिनका लागि । रिसर्चको नतिजामा जो महिला गर्भनिरोधक चक्कीको सेवन गरिरहेकी थिइने उनी गर्भनिरोधक चक्की नखाने महिलाको तुलनामा फोटोमा देखाइएको भावना बुझ्न सकिनन् ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-03-14 07:10:37


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts