जब स्वास्थ्य मन्त्रीदेखि महजोडीसम्म फुटबल खेल्न मैदान पसे...(फोटोफिचर)



Download our app to get more features

काठमाडौं, ३० फागुन । आज विश्व मिर्गाैला दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले पनि विभिन्न कार्यक्रमको आयोजना गरेको छ । प्रतियोगितामा स्वास्थ्य मन्त्री उपन्द्र यादव पनि सहभागी मात्र भएनन् फुटवल खेल्न मैदानमै पुगे ।

यादवसँगै स्वास्थ्य राज्यमन्त्री र मह जोडी पनि मैदानमा देखिए । यद्यपी मन्त्री यादवले फुटबल भने खेलेनन् । फुटवल प्रतियोगिता मिर्गाैला प्रत्यारोपण गरेका र नगरेकाबीच भएको थियो । प्रतियोगितामा मिर्गाैला प्रत्यारोपण नगरेकाहरु प्रत्योपण गरेकाहरुसँग एक गोलले विजयी भएका छन् । 

खेलअघि केन्द्रले बिहान मिर्गौला रोगसम्बन्धी सचेतना विस्तार गर्न सूर्यविनायक चोक भक्तपुरदेखि सैनिक आवासीय विद्यालयसम्म प्रभातफेरि निकालेको थियो । त्यस्तै दिवसका अवसरमा केन्द्रले योगअभ्याँसको पनि आयोजना गरेको थियो ।

दिवसको कार्यक्रम अन्तर्गत गायक दिपक बज्रचार्यले प्रत्यक्ष सांगितीक प्रस्तुति पनि देखाएका थिए ।

Last modified on 2019-03-15 05:53:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts