के हो ईबोला भाईरस र कसरी सर्छ ? लक्षणहरु र उपचार रोकथाम उपायहरु के – के हुन ?

What's This?


Download our app to get more features

ईबोला जातका बिभिन्न पाच प्रकारका भईरस हुन्छन् । जसको सङ्क्रमणले मानिसको आन्तरीक अङ्ग र बाह्य अङ्गबाट अनियन्त्रित मात्रामा रक्तस्राव हुने भएकोले यसलाई रगत बग्ने ज्वरो पनि भन्ने गरिन्छ।

पशिचम अफ्रिकाका विभिन्न देशहरुमा माहामारीकै रुपमा फैलिरहेको कारण WHO ले अन्तराष्टिय स्वास्थ सङ्कटकाल घोषणा गरिसकेको छ। सन् १९७६ मा पहिलो पल्ट सुडानको नजरा र कङ्गोको याम्बुकुमा बसोबास गर्ने मानिसहरुमा यो भाईरलको सङ्क्रमण देखा परेको थियो। कङ्गोको याम्बुकु गाँउ इबोला नदिको किनारमा रहेकोले यो भाईरसको नाम ईबोला रहन गएको हो। यो भाईरस प्रणघातक रोग हो। यो रोगको सङ्क्रमणमा आएका मानिस बाच्ने संभावना ४-५% हुने गरेक पाईन्छ ।

कसरी सर्छ ?

अफ्रिकामा यो रोग पहिलोपल्ट जनावरबाट मानिसमा सरेको हो। सङ्क्रमित जनवारको जैविक पदार्थको सङ्क्रमणमा आँउदा जङ्गली जनावरको मासु खाँदा यो रोग मानिसमा सर्न धेरै सम्भावमा हुन्छ। विषेश गरी सुङ्गुर, बाँदर, मृग, दुम्सी र सबैभन्दा बढि चमेराबाट यो भाईरस मानिसमा सर्ने गर्दछ। मानिस बाट मानिसमा यो भाईरस तिब्र गरिमा सर्दछ। खासगरी रोगीको जैविक पदार्थ, रगत, काटिएका अङ्गहरुबिच परस्पर सम्पर्कमा आउदा, सङ्क्रमित सँग यौन क्रियाकलापमा सहभागि हुँदा पनि यो भाईरस स्वस्थ व्यक्तिमा सर्न सक्दछ। रोगले मरेका शरारहरुको सम्पर्कमा आउने व्यक्ति, स्वास्थकर्मी, रोगीको स्याहार गर्ने व्यक्ति यो भाईरसबाट धेरै जोखिम लिनि पर्ने हुन्छन्।

लक्षणहरु

यो भाईरसको सङ्क्रमणमा आएको २-२१ दिन भित्र निम्न लक्षणहरु देखा पर्दछन।

  • अत्याधिक ज्वरो आउने।
  • कमजोर महसुस हुने।
  • मांसपेशी, जोर्नी दुख्नु।
  • टाउको दुख्नु, भोक हराउनु।
  • स्वास फेर्न गार्हो हुनु।
  • बान्ता हुनु, पखला लाग्नु।
  • छालामा डाबर तथा रातो धब्बा आउनु।
  • मृगैला तथा कलेजोले काम गर्न छोड्नु।
  • शरिरका भित्रि अङ्गहरु जस्तै स् आन्द्रा, गिजा, खकार बाट रगत बग्नु।
  • शरिरका बाहिरी अङ्गहरु जस्तै स्नाक, कान, आँखा, यौनी बाट रगत बग्नु।

कसरी उपचार गर्ने ?

रगतको परिक्षङ गरेर भइरस पत्ता लगाउन सकिए पनि यसको प्रभावकारी उपचार विधि हालसम्म आविष्कार भएको छैन। त्यसैले रोगिलाई उचित स्याहार सुसारको जरुरी हुन्छ। पर्याप्त मात्रामा नुन चिनि पानि खुवाउनु पर्छ। रोगिको मनोबल बढाउनु पर्छ।

रोकथामका उपायहरु के – के हुन ?

  • जङ्गली तथा घरपालुवा जनावरको सम्पर्कमा आउदा सावधानि अपनाउने र तिनका मासु खादा राम्ररी पकाएर मात्र खानु पर्दछ।
  • घरपालुवा जनावर र तिन्का बासस्थानको सरसफाईमा ध्यान दिने।
  • सङ्क्रमित जनावरहरुको होसियारी पुर्वक नस्ट गर्ने (गाड्ने वा जलाउने) र सङ्क्रमित क्षेत्र निर्म्लिकरण गर्ने।
  • सङ्क्रमित रोगिको सम्पर्कमा आउदा होसियारी अपनाउने, धेरै नजिक नजाने
  •  रोगीले प्रयोग गरेको वस्तु निर्म्लिकरण गर्ने
  • व्यक्तिगत स्वास्थमा ध्यान दिने
  • सङ्क्रमित लासलाई गाड्ने वा जलाउने।
Last modified on 2016-02-10 13:42:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts