पशुपतिनाथमा ७४ वटा स्वास्थ्य शिविर 

भोकै बसेका भक्तजनलाई रिंगटा लाग्ने, टाउको दुख्ने समस्या

What's This?


Download our app to get more features

फागुन २४, काठमाडौं । महाशिवरात्रि मेलामा पशुपतिनाथ दर्शन गर्न आएका भक्तजनलाई स्वास्थ्यसेवा दिन ७४ वटा शिविर राखिएको छ ।

 
पशुपतिनाथ दर्शन गर्न आएका भक्तजनको स्वास्थ्यमा विशेष ध्यान दिँदै शिविर सञ्चालन गरिएको शिवरात्रि मेला आयोजक समिति अन्तर्गतको स्वास्थ्य सेवा समितिका संयोजक प्रेमहरि ढुंगानाले जानकारी दिनुभयो ।


कोषले आकस्मिक अवस्थाका लागि एम्वुलेन्स सेवाको व्यबस्था पनि गरेको छ । पशुपतिनाथ परिसरमा राखिएको हरेक शिविरमा कम्तिमा एकजना एम.बि.बि.एस. डाक्टर हुनैपर्ने अनिवार्य व्यवस्था पनि गरिएको छ । 


कोषले दर्शन गर्न आएका कोही भक्तजनलाई आपतकालिन अवस्था परेमा तत्काल थप उपचार गर्ग नेपाल भारत मैत्रि अस्पतालमा वेडको पनि व्यबस्था गरेको समितिका संयोजक ढुंगानाले बताउनुभयो । स्वास्थ्य शिविरका नाममा म्याद गुज्रिएका औषधि दिइने विकृति बढेका बेला कोषले त्यस्तो हुन नदिन अनुगमन टोली समेत खटाएको छ । 


शिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका धेरैजसो भक्तजनमा रिंगटा लाग्ने, टाउको दुख्ने समस्या देखिएको शिविर सञ्चालन गरिरहेका एकजना जर्मनी डाक्टर मेरियनले जानकारी दिए । उनका अनुसार भोको पेटमा धेरैबेर पंक्तिमा बस्दा कमजोरीका कारण यस्ता समस्या देखिन्छन् । 

Last modified on 2016-03-15 11:43:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts