'गर्भवती हुनु' बन्दै छ महिलाको टेन्सनको विषयः अध्ययन



Download our app to get more features

अधिकांश कामकाजी महिलालाई लाग्न थालेको छ की गर्भवती हुनाले उनको जागिरलाई खतरा हुन सक्छ । उनलाई कामबाट निकालिन सकिन्छ । जब की बुबा बन्ने पुरुषलाई काम गर्ने स्थानमा सँधै प्रोत्साहन दिने गरिन्छ । 

यस विषयमा भएको अध्ययनबारे एप्लाइड मनोविज्ञानको जर्नलमा प्रकाशित गरिएको छ । जसमा आमा बन्ने महिलालाई अनुभव हुन थाल्छ की जब अब मलाई मेरो गर्भावस्था कै कारण राम्रो स्वागत र व्यवहार गरिँदैन भन्ने कुराको पुष्टि गरिएको छ । 

फ्लोरिडा स्टेट यूनिभर्सिटीका अध्ययनकर्ताका अनुसार यो अध्ययन ती महिलामाथि गरियो जसलाई यस्तो महसुस हुन्छ की गर्भावस्थाको क्रममा उनलाई कामबाट निकालिन्छ । 

म्यानेजमेन्टका सहायक प्राध्यापक पुस्टियन अन्डरडलका अनुसार महिलाले जब आफ्नो  गर्भवती हुने कुराको जानकारी गराइन् अनि उनलाई कार्यस्थलमा प्रोत्साहनको अनुभव कम भयो ।

पुस्टियन भन्छन्, “जब महिलाले यो कुराको चर्चा आफ्नो म्यानेजर वा सहकर्मीसँग गरिन् त्यो बेलामा हामीले थाहा पायौं की उनलाई आफ्नो करियरको क्षेत्रमा प्रोत्साहन दिने क्रममा कमि आएको छ । जब की पुरुषलाई प्रोत्साहित गरिने क्रममा बृद्धि भएको पाइयो ।”

यसको ठोस निष्कर्षमा पुग्नका लागि पुस्टियनले दुई सिद्धान्तलाई गहिरो रुपमा अध्ययन गरे । पहिलो सिद्धान्तमा गर्भवती महिलालाई जागिरबाट निकालिने डर अत्यधिक रहेको पाइयो भने दोस्रो सिद्धान्तमा महिलालाई यस्तो लाग्नुको कारण गर्भावस्थाको समय नीजि जीवन र करियरको क्षेत्रमा अनेक परिवर्तन आउने गरेको पुष्टियनले पत्ता लगाए । 

अध्ययनम केहि नयाँ कुरा पनि उल्लेख गरिएको छ । जस्तै गर्भवती महिलासँग कार्यस्थलमा कसरी प्रस्तुत हुनुपर्छ । पुस्टियनका अनुसार, गर्भवती वा आमा बन्ने महिलाको करियरसँग सम्बन्धित प्रोत्साहनलाई कम गर्नु हुँदैन । यसका साथै म्यानेजरले आमा र बुबा दुवैलाई  सामाजिक र करियरसँग सम्बन्धित सम्भावनामा सहयोग गर्नुपर्छ । जसले गर्दा काम र परिवार सँग जोडिएको जिम्मेवारिलाई राम्रो सँग पुरा गर्नमा मद्दत मिलोस ।

 

(एजेन्सीको सहयोगमा)

Last modified on 2019-04-23 13:43:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts