रौतामाईका परिवारै बिरामी, उपचारको साटो धामीझाँक्रीकै भर



Download our app to get more features

उदयपुर, १५ वैशाख । रौतामाई गाउँपालिका ६, नामनताको मगर समुदायका ७ वर्षयता ८ जना सिकिस्त बिरामी छन् । यस बीचमा एक जनाको मृत्यु भइसकेको छ । बिरामीहरुको अहिलेसम्म औषधि उपचार भएको छैन । उनीहरु धामीझाँक्रीको झरफुकमै भर परिरहेका छन् ।

नामनतामा ७० वर्षीय डम्बरबहादुर, ६४ वर्षीया जानुमया, ३१ वर्षीय बलबहादुर, तुलबहादुर, हीरा, लैया, ललीमाया, पुष्प र जानुमाया समालमगर बिरामी छन् । उनीहरुमा शरीर थर्थरी काम्ने, हातखुट्टा राम्रोसँग चलाउन नसक्ने, विस्तार्र मुखबाट र्याल आइरहने, बोली कम हुँर्द जाने लक्षण छन् । 

४१ वर्षीय दुर्गबहादुर समालमगरको दुई साताअघि यस्तै लक्षणका कारण मृत्यु भइसकेको छ । ‘दुर्गबहादुर झन्डै ५ वर्षयता शरीर थर्थरी काम्ने, हातखुट्टा राम्रोसँग चलाउन नसक्ने, खाना खान नसक्ने अवस्थामा थिए,’ रौतामाई ६ का वडा सदस्य तुलबहादुर थापामगरले भने ।

त्यस्तै लक्षणका डम्बरबहादुरको अवस्था ज्यादै नाजुक छ । ‘उनी बिरामी हुनुभन्दा पहिले ढुंगा, माटोको घर निर्माण र काठको काम गर्थे,’ उनकी ६७ वर्षीया श्रीमती पदममायाले भनिन्, ‘अहिले थलिएका छन् । भात दे भन्न बाहेक बोल्न समेत सक्दैनन् ।’  

देवदेउता लागेको भन्दै धामीझाँक्रीको भर परेका पीडितले त्यसैमा दुई लाख रुपैयाँ खर्चेको नाथि कृष्णबहादुरले बताए ।

 

(आजको कान्तिपुर दैनिकबाट)

Last modified on 2019-04-29 15:44:32


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts