एनबी ग्रुपले गरेको जग्गा अधिग्रहण अस्पतालको नाममा, सबैभन्दा धेरै बी एण्ड बी लाई



Download our app to get more features

काठमाडौं, १९ वैशाख । कारखाना खोल्न किसानबाट अधिग्रहण गरिएको जग्गाको विभिन्न अस्पतालका नाममा लालपूर्जा बनाइएको पाइएको छ ।

हरिसिद्धि इँटा तथा टायल कारखानाका सञ्चालकले षड्यन्त्रपूर्वक चार सय २० रोपनी जग्गा हडपेर हिनामिना गरेको पाइएको छ ।

कारखानाका सञ्चालकले कतिपय जग्गा बिक्री गर्नुका साथै र बैंकमा धितो राखी ऋण नतिरेर लिलामीमा पुर्याएको पनि भेटिएको छ । पटकपटक गरी विभिन्न कम्पनिलाई एक सय रोपनीभन्दा बढी जग्गा बिक्री गरिएको छ । झन्डै तीन सय रोपनी जग्गा विभिन्न बैंकमा धितोमा राखी लिलामीको अवस्थामा पु¥याइएको छ । योजनाबद्ध रुपमा जग्गा कब्जा गरी बिक्री गर्न हरिसिद्धिका सञ्चालकमध्येका जीतबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठ दाजुभाइको संलग्नता देखिएको छ । उनीहरु एनबी समूहका भनेर चिनिन्छन् ।

किसानबाट अधिग्रहण गरिएको जग्गामध्ये २७ रोपनीको नेपाल क्यान्सर अस्पताल र ६ रोपनीको विजयद्वीप ल्याबरटरिजका नाममा लालपुर्जा बनेको छ । उनीहरुले उक्त जग्गामा नक्सा पास समेत गरेर भवन बनाई कम्पनी सञ्चालनमा ल्याएका छन् । बी एन्ड बी हस्पिटलले ४७ रोपनीको लालपुर्जा निकालेका छन् । 

एनबी वात्रा हस्पिटलका नाममा २३ रोपनी जग्गा छ । यने कम्पनी एनबी समूहअन्तर्गतका हुन् । बचेको जग्गामध्ये केही सडकमा परेको छ भने अरु हरिसिद्धिकै नाममा छ ।

हरिसिद्धिको जग्गाः कुन अस्पतालको नाममा कति
बी एन्ड बी हस्पिटल प्रालिः ४७ रोपनी
नेपाल क्यान्सर अस्पतालः २७ रोपनी
विजयद्वीप ल्याबरटरिजः ६ रोपनी
एनबी बात्रा हस्पिटलः २३ रोपनी

 

(आजको नागरिक दैनिकबाट)

Last modified on 2019-05-02 16:19:52


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts