फाजिलमा परेका स्वास्थ्यका कर्मचारीलाई आवश्यकता अनुसार खटाइने



Download our app to get more features

काठमाडौं, २४ जेठ । स्वास्थ्य समुहका फाजिलमा परेका कर्मचारीलाई सरकारले आवश्यकता अनुसार खटाउने भएको छ । कर्मचारी समायोजन गर्दा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी फाजिलमा परेका थिए । स्वास्थ्य सेवा करिब २७ हजार तीन सय कर्मचारीको समायोजन भएको छ । 

सरकारले कर्मचारी समायोजनको सुचि निकालिसकेपछि स्वास्थ्य सेवाका कर्मचारीको समायोजनमा त्रुटि देखिएको थियो । सरकारले समायोजनका विषयमा कर्मचारीलाई गुनासो दर्ता गराउन समय पनि दिएको थियो । तर समायोजनको टुंगो भने लागि नसक्दा कर्मचारीहरुमा अन्योलता छाएको छ ।  कर्मचारीको गुनासोमा एक-एक गरि अध्ययन भइरहेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भूपाल बरालले बताए । उनले हाम्रो डाक्टर संग कुरा गर्दै भने 'कर्मचारीका गुनासा माथि अध्ययन भइरहेको छ अवको तीन-चार दिनमा सबै काम सकिन्छ ।' उनले समिति गठन गरेर काम गरिरहेको पनि बताए । साथै समायोजको सबै काम तीन-चार दिनमा नै सकिने उनले दावी गरेका छन् । 

उनका अनुसार स्वास्थय सेवामा फाजिलमा परेका कर्मचारीलाई आवश्यक परेको ठाँउमा सरकारले खटाउने छ । कर्मचारी समायोजन गर्दा दरबन्दी भन्दा बढि भएका कर्मचारीलाई फाजिलमा राखिएको र अब उनीहरुलाई सरकारले आवश्यक परेको ठाँउमा पदस्थापन गर्ने तयारी रहेको पनि उनले जनाए । 

Last modified on 2019-06-08 13:03:46

1 Comments

  1. HARISH CHANDRA PANDIT on Tue, Jun 11 2019 04:23 PM

    Namaste, Hamilai fajil ma rakher mahina mahinau dodhar ma paper, Dherai Samasiya ma pariraheko xa, Ab ajhai Samasiya ma ma na paunu Ab udhar garnu hai


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts