गुणस्तरहिन औषधि धमाधम बिक्री हुँदै

आठ प्रकृतिका औषधि न्यून गुणस्तर, फिर्ता पठाउन ताकेता



Download our app to get more features

काठमाडौं ।  बजारमा न्यून गुणस्तर औषधिहरु खुलेयाम बिक्री हुने क्रम रोकिएको छैन । औषधि व्यवस्था विभागले आठ प्रकृतिका औषधिहरु न्यूनगुणस्तर भएको भन्दै तत्काल बजारबाट फिर्ता पठाउन भनेको छ ।

बजार अनुगमनका क्रममा संकलन गरीएका औषधिहरुको नमुना परिक्षण गर्दा विभिन्न व्याचका आठ प्रकृतिका औषधिहरु फिर्ता पठाइएको बिभागले जनाएको छ । जसअन्तर्गत फरमीन जी वान फोरटी, पानटोना, अलमोक्स–फाइभ हन्ड्रेड, अल्मोक्सीन–फाइभ हन्ड्रेड, पेट सफा, अभिपत्तिकर चुर्ना, आरोग्य वालवेल चुर्ना र पुसयाङग चुर्ना रहेका छन् ।

नेपाल र भारतका औषधि उद्योगबाट उत्पादीत औषधिहरुको निरीक्षण गर्दा कमसलयुक्त पाइएपछि बजारबाट फीर्ता गर्न भनिएको हो । केहि औषधिहरु म्याद नाघेका समेत बिक्री भएको पाइएको छ । औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री बितरण रोक्कागरी बजारमा फिर्ता गर्न भनिएको छ । सोको बिबरण बिभागमा पेश गर्न उद्योग तथा आधिकारीक प्रतिनीधीहरुलाई आग्रह गरिएको विभागले जनाएको छ ।

ती औषधिहरु एलपिएन–सेभेन फोर वान सीक्स फाइभ, पिटीवानटी – वान सेभेनजेरो टु लगायत व्याचका रहेका छन् ।

फिर्ता पठाइएका औषधिहरु सीफारीस, बिक्री, वितरण तथा प्रयोग नगर्न नगराउन अनुरोध गरीएको छ । बिक्रेताहरुलाई ती व्याचका औषधिहरु तत्काल बजारबाट फिर्ता गर्न आग्रह गरीएको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । उनले भने, ‘तत्काल गुणस्तरहिन देखिएको व्याचका औषधीहरु फिर्ता गर्न भनेका छौं । र, बजारबाट फिर्ता आएपछि नष्ट गर्छौै ।’

उपभोक्ता माथि खेलवाड गरीएको भन्दै अनुगमनलाई प्रभाबकारी रुपमा अगाडी बढाउनुपर्ने सरोकारवालाहरु बताउँछन् ।

उपभोक्ता अधिकारकर्मी माधब तिमल्सिनाले उपभोक्ताकोे स्वास्थ्य माथि खेलवाड भइरहेको बताए । उनले भने, ‘अहिले बजारमा कमसल खालका औषधिहरु बिक्री भइरहेका छन् । यसको नियमन र प्रभाबकारी अनुगमन हुन जरुरी छ । औषधि माथि खेलवाड गर्न पाइदैंन । ’

 

(आजको राजधानी दैनिकबाट)

Last modified on 2019-07-08 14:26:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts