टाउकोमा गोली लागेका रामजी चेपाङ्गको नर्भिकमा शल्यक्रिया 

What's This?


Download our app to get more features

काठमाडौं, २३ असार । टाउकोमा गोली लागेका ३६ वर्षे रामजी चेपाङ्गको नर्भिक इन्टरनेशनल अस्पतालमा सफल शल्यक्रिया भएको अस्पतालले जनाएको छ । 

टाउकोमा गोलीहानिएको र अत्यन्त जटिल अवस्थाका गजुरी हस्पिटल, धादिङबाट रिफर गरी असार १९ गते नर्भिक अस्पताल ल्याइएका ३६ बर्ष चेपाङ्गको स्वास्थ्य अवस्था हाल सुधारोन्मुख रहेको अस्पतालले जानकारी दिएको छ । कञ्चटमा गोली लाग्दा  टाउकोको दाहिने भाग क्षत–विक्षत भएको, गोलीका छर्राहरु, खोकाहरु मस्तिष्कभित्रसम्म छरिएर रहेको अवस्था  बरिष्ठ स्नायु शल्यचिकित्सक प्रा .डा राजीव झाको टोलीले शल्यक्रिया गरेको हो 

अस्पतालका अनुसार टाउकोका खप्परको हड्डीहरु फुटेर मस्तिष्कको बाक्लो झिल्ली समेत फुटेको, खप्परका हड्डीहरुले मस्तिष्कलाई थिचेको र फुटेका हड्डीहरु एवम् गोलीका छर्राहरु मस्तिष्कको भित्री भागहरुमा पुगेर छरपष्ट अवस्थामा रहेको थियो ।  अस्पतालले मस्तिष्कलाई थिचेर रहेको खप्परलाई उठाउदै, मस्तिष्कभित्र रहेका गोलीकाखोल तथा छर्राहरु हटाएर, मस्तिष्क बाहिर रहेको सुरक्षात्मकतहलाई सिलाउँदै खप्परलाई समेत सपोर्ट दिने गरी शल्यक्रि गरेको हो ।

निजलाई असार १८ गते बुधवार साँझ ८ः०० बजेतिर गोलीहानिएको थियो भने असार १९ गते विहिबार विहान ५ः२५ बजे नर्भिकको आकस्मिक कक्षमा पु¥याइएको थियो ।सोहीदिन निजको शल्यक्रिया सम्पन्नभएको हो । हाल चेपाङ्ग नर्भिकको सर्जिकल इन्टेन्सिभ केयर युनिटमा छन् ।उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनलाई छिटै वार्डमा सारिदैछ ।

निजलाई गोलीलाग्ने वित्तिकै स्थानीय  विनोद चेपाङ्गको सक्रियतामा सोही राति धादिङ स्थित गजुरी हस्पिटल पु¥याइएको थियो । गजुरी हस्पिटलमा रक्तस्राव रोक्न ब्याण्डेज लगाइए पश्चात्त अक्सिजन सहित उक्त हस्पिटलले विरामीलाई काठमाडौं रिफर गरेको हो ।

Hamro Doctor
Last modified on 2019-07-10 07:22:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts