स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई सुरक्षा प्रदान गरिने  



Download our app to get more features

काठमाडौ, असार २४ गते । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले सोमबार स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षाको बिषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा भएको बैठकमा गृहमन्त्री राम बहादुर थापा,स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव , गृहमन्त्रालयका सचिव प्रेम कुमार राई ,स्वास्थ्य मन्त्रालयका सचिव राम थपलिया थिए । उक्त छलफलमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री  यादवका सल्लाहाकार डा के.के राई , काठमाडांै ,भक्तपुर तथा ललितपुरका प्रमूख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत स्वास्थ्य मन्त्रालय र स्वास्थयकर्मीहरुसँग विभिन्न परिषद्का पदाधिकारीहरुका साथै उपत्याकाका मेडिडकल सुपरिटेन्डेन्टको पनि  उपस्थिति रहेको थियो ।


उक्त बैठकमा बितेका केही दिनमा देशका विभिन्न अस्पतालहरुमा आक्रमणको हर्कत, स्वास्थ्यकर्मीहरु माथि भएका र्दुव्र्यवहारजन्य क्रियकलापहरुलार्ई लिएर त्यस्ता घटनाहरुलाई समन्वयपूर्वक कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर सम्बन्धित सरोकारवालाहरुकाबीच छलफल भएको हो ।  अन्तक्रियात्मक छलफलबाट आपसी समन्वय र सूचनाको आदनप्रदान गरी स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुको सुरक्षामा ध्यान दिने निष्कर्ष निकालेकोे छ ।


सो अवसरमा बैठकको अन्तिममा सहभागीहरुबाट उठाइएका विभिन्न विषयहरुलाई संवोधन गर्दै उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले स्वास्थ्यकर्मीले बिरामीको सुरक्षामा विषेश ध्यान दिनुपर्ने बताए ।  साथै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीको सुरक्षामा सरकार गम्भीर रहेकोले सुरक्षाको वातावरण बनाउन सम्बन्धित सबैको जिम्मेवारी भएको दाबी गरे । 


 मन्त्रालयले यस किसिमको समन्वय बैठक आयोजना गरेको  भन्दै उनले भने ‘घटना हुन लागेपछि स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीले स्थानीय प्रशासनलाई समयमै सूचना दिनुपर्छ र यसरी सूचना र समन्वय गर्न अस्पताल व्यवस्थापन पक्षलाई निर्देशन पनि दिनुपर्छ ।’
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षामा स्वास्थ्य र गृह मन्त्रालयले थप समन्वय र सहकार्य गर्दै जाने उल्लेख गर्दै  उनले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले पनि पेशागत इमान्दारीका साथ सेवा गर्न सदैव तत्पर रहनपर्ने बताए । मन्त्री यादवले सुरक्षाका प्रत्याभूतिका  लागि गृह प्रशासनको ध्यानाकर्षण  समेत गराए ।


गृहमन्त्री राम बहादुर थापाले  स्वास्थयकर्मी तथा संस्थाको सुरक्षा सरकारको गम्भीर चासोको विषय बनेको बताए ।  गृहमन्त्री थापाले राष्ट्र र जनताको सुरक्षा  गम्भीर विषय र‘हेको उल्लेख गर्दै उनले जिम्मेवारी प्रतिको निष्ठा, आफ्नो पेशाप्रति गम्र्भीयता र पेशाप्रति जिम्मेवार बन्न आग्रह गरे । 


स्वास्थ्य संस्थाहरुको व्यवस्थापन पक्षमा  हुने कमजोरीहरुले स्वास्थ्य संस्थामा समस्या देखिने गरेको बताउँदै पेशागत इमान्दारीकासाथ निष्ठापूर्वक स्वास्थ संस्थामा काम गर्न आग्रह  गरे । 
अहिले देशका सबै क्षेत्रमा दलाली, बिचौलिया, मुन्द्रे, अपराधीकरण जस्ता प्रवृति बढ्दै गएको जनाए । उनले घटनाको राजनीतिकरण हुन नदिनु,दलालहरुको समाप्ती गर्नका लागि समयमै सम्बन्धित पक्षले सूचना उपलब्ध गराई स्वास्थ्य सँस्थाको सुरक्षामा सहयोग गर्न  सम्बन्धित सबैलाई आग्रह गरे । गृहमन्त्री थापाले स्वास्थ्यकर्मी तथा सँस्थामा हुने यस्ता घटनाहरुलाई नियन्त्रण गर्न स्वास्थ्य र गृह मन्त्रालयले आपसी समन्वय र सहकार्य गरेर आगामी दिनहरुमा कार्य गर्ने बताए ।


सो कार्यक्रमका अवसरमा  गृह सचिव प्रेम कुमार राईले स्वास्थ्य क्षेत्रमा यस्ता समस्या देखिनुमा उचित व्यवस्थापन तथा गुणस्तरीय सेवाको अभाव, स्वास्थ्य मन्त्रालयको अनुगमनमा कडाई हुनुपर्ने बताए । थापाले भने –“आ–आफ्ना क्षेत्रमा भएका कमी कमजोरीहरुलाई स्वीकार गरी सुधार गर्दै जानपर्ने र स्वास्थ्य सँस्थाहरुको कामकारवाहीहरुलाई स्वास्थ्य मन्त्रालयले अनुगमन र नियमन बढाउनु पर्छ । 


सो अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव राम थपलियाले भने –“केही समय यता स्वास्थ्यकर्मी तथा सँस्थामाथि अनियन्त्रित किसिमको घटना भइरहेका छन् । थपलियाले भोलिका दिनमा यसलाई कसरी नियन्त्रण गर्ने र कहाँ के के कमजोरी भएका छन्  सुधार्न  यस प्रकृतिको समन्वय बैठक आयोजना गरेको बताउदैंै यस प्रकारको छलफलबाट कार्यरत स्वास्थ्यकर्मीहरुको कनोबल उँचो हुने दावी पनि गरे ।”


सो अवसरमा सहभागीहरुले यस पेशामा संलग्न सेतो कोट लगाउने पेशाकर्मीहरुलाई पनि डिउटीमा रहेको सुरक्षाकर्मीलाई जस्तै व्यवहार गर्नुपर्नेमा जोड दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts