महिनावारी हुँदा महिलाले के कुरामा ध्यान दिने ?



Download our app to get more features

जस्वला अर्थात महिनावारी हुनु हरेक महिलामा प्राकृतिक नियम तथा स्वभाविक विषय हो । महिनावारीलाई प्रजनन् क्षमताको विकासका रुपका पनि लिइन्छ । किशोरावस्थामा प्रवेश गरेपछि महिलाहरुमा देखिने शारिरीक परिवर्तन मध्यको एक हो महिनावारी । हरेक महिलामा महिनावारी चक्र फरक फरक हुने भए पनि समान्यतया एक महिनाको अन्तरालमा दोहोरीरहन्छ ।

महिनावारी हुने प्रक्रिया सामान्य र प्राकृतिक भएता पनि हाम्रो समाजमा महिनावारीको विषयमा गलत धारणा विद्यमान रहेको छ । शिक्षित महिलाहरुसमेत अझै पनि सार्वजनिक स्थलहरुमा यस बिषयमा खुलेर बहस गर्न हिच्किचाउँछन् । मठ मन्दिर जान नहुने, ब्रत बस्न नहुने, पुरुषलाई छुन नहुने जस्ता भ्रम व्यापत छन् । 


महिनावारी शुरु भएको अर्थात योनिबाट रगत बगेको पहिलो दिनदेखि लगभग २८ दिनमा यो चक्र दोहोरीरन्छ । नयाँ चक्रको शुरुवातसँगै पिट्युटरी ग्रन्थिबाट निस्कने हर्मोनको प्रभावले गर्दा डिम्वाशयमा रहेको डिम्ब बन्ने कोषहरु बिस्तारै विकसित हुँदै फैलन्छन् । यसरी फैलने कोष मध्ये एउटा कोष डिम्ब बन्नको लागि छानिन्छ । बिस्तारै यो कोष विकास हुदै जाँदा ग्राफियल फोल्लिकल बन्छ ।

यसले एस्ट्रोजन हर्मोन बनाउँछ । जसले पाठेघरको भित्री तहलाई इन्डोमेट्रियम कोषहरु थपेर बाक्लो बनाउँछ । तसर्थ हर्मोनको प्रभावले पाठेघरको तह बाक्लो हुँदै जान्छ । यसरी महिनावारीको चक्र दोहोरीरहन्छ । हर्मोनको गडबढीका कारण महिनावारीको समयमा विभिन्न समस्याहरु देखा पर्ने हुन्छन् । जस्तै ढाड दुख्ने, पेट दुख्ने, टाउको दुख्ने वान्ता हुने आदि । यस अवस्थामा विशेष ध्यान पुर्याउनु पर्छ ।

–नियमित नुहाउने तथा व्यक्तिगत सरसफाई विशेष ध्यान दिने ।

– सफा सेनेटरी प्याडको प्रयोग गर्ने ।

– कपडाको प्रयोग गर्दा सफा तथा नरम कपडाको मात्रै प्रयोग गर्ने ।

–महिनावारीको अवस्थामा प्रयोग गरेका भित्री कपडाहरु घामको प्रकाश पर्ने ठाउँमा सुकाउने ।

–पर्याप्त आराम गर्ने, तथा पोषिलो खाने कुराहरु खाने ।

महिनावारीको समय सामान्य अवस्थामा भन्दा केही असजिलो हुने अवस्था हो । तर यस अवस्थामा रक्तश्राव धेरै हने, अनियमित महिनावारी हुने, अत्याधिक पेट दुख्ने जस्ता समस्या पनि उत्पन्न हुन सक्छन् । यसरी उत्पन्न हुने समस्या अरु रोगका कारण पनि हुन सक्ने भएकाले उल्लेखित समस्या देखियमा तुरुन्तै चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ । 

डा. राईसँग नबिना कार्कीले गरेको कुराकानीमा आधारित 


 

Last modified on 2016-06-14 10:55:49


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts