एचआईभी/एड्स रोगबारे नयाँ उपचार सम्भव हुने !

What's This?


Download our app to get more features

एजेन्सी  । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले आफ्नो एचआईभी निर्दे्शिकालाई पालना गर्दै सुरुकै अवस्थामा उपचार अगाडि बढाएमा एचआईभीको उपचार सम्भव हुने बताएको छ । संयुक्त राज्य अमोरिकासहित विभिन्न विकसित राष्ट्रमा विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको यो उपचार पद्धतिले सफलता पाएको डब्लूएचओले जनाएको छ ।

यसअघि, संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठनले एचआईभी सङ्क्रमित मानिसलाई उनीहरुको रोग प्रतिरक्षा प्रणालीले काम नगरेको देखिने अवस्थासम्म उपचार सुरु नगर्न निर्देशन दिएको थियो । डब्लूएचओद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो सल्लाह हालसालै गरिएको अनुसन्धान परीक्षणपछि आएको हो ।

पछिल्लो अनुसन्धानपछि डब्लूएचओले भनेको छ, “एचआईभी सङ्क्रमित बिरामीको सुरुको अवस्थामा उपचार भएमा यसबाट बिरामीलाई एचआईभीका कारण मृत्यु हुन नपर्ने, स्वस्थ राख्न सकिने तथा भाइरस अरू मानिसमा सर्नसक्ने संभावनालाई न्यून गर्न सकिने छ ।”

पछिल्लो अध्ययनले विश्वका सम्पूर्ण एचआइभी सङ्क्रमित (३ करोड ७० लाख) बिरामीलाई उपचार गराउन सल्लाह दिएको छ । उपचार पद्धति गरिब राष्ट्रमा अहिले पनि सम्भव नभइराखेको डब्लूएचओले स्वीकारेको छ । आर्थिक समस्याका कारण गरिब राष्ट्रमा अहिले पनि सङ्क्रमित बिरामीसामु औषधि नपुगेको बताइन्छ ।

गएको वर्षमा सङ्क्रमितमध्ये १ करोड ५० लाख मानिसले उपचार लिएका राष्ट्रसङ्घको तथ्याङ्क छ । विज्ञहरुले उपचारलाई विश्वभरी र्पुयाउन ठूलो राशिको सङ्कलन गरी खर्चिन डब्लूएचओ तयार हुनुपर्ने बताएका छन् ।

अहिलेको गरिएजस्तो लगानी तथा कार्यक्रमबाट एड्सलाई नियन्त्रणमा ल्याउन सम्भव नभएको दक्षिण अफ्रिकी औषधि कक्षका निर्देशक डाक्टरस विदाउट बोर्डरसका टम एलम्यानले बताउनुभयो ।

-एजेन्सीको सहयोगमा

Last modified on 2016-05-21 15:55:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts