सुर्खेतमा पहिचान हुन नसकेको रोगका कारण दुईको मृत्यु

विषेशज्ञ टोली घटनास्थल जाँदै

What's This?


Download our app to get more features

फागुन २६, सुर्खेत । सुर्खेतमा पहिचान हुन नसकेको रोगका कारण दुईजनाको मृत्यु भएको छ । 

डोटी र अछामको बीचमा पर्ने सुर्खेतको विकट लगाम गाविसमा हप्ता दिनदेखि फैलिएको संक्रमणका कारण दुईजनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले पुष्टि गरेको छ । मृत्यु हुनेमा लगाम गाविस वडा नं ५ का मानसिंह साँवद  र ५८ वर्षीय खड्गबहादुर साँवदको रहेका छन् । 

मृत्यु भएकाहरुलाई एकहप्तादेखि वान्ता हुने, ज्वरो आउने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने, पेट दुख्ने र रुघाखोकीको जस्ता लक्षण देखिएको थियो । करिब ५८ वटा घर रहेको गाविसमा हरेक घरका सदस्यहरु बिरामी छन् । सुर्खेतका प्रमुख  जिल्ला अधिकारी यज्ञराज बोहोराका अनुसार सो क्षेत्र तर्फ स्वास्थ्यकर्मीको टोली गइसकेको छ । थप जानकारी बिहीवारसम्म सम्म थाहा हुने प्रजिअ बोहोराले जानकारी दिनुभयो । लगाम गाउँमा संक्रमण तीव्ररुपमा फैलिएपछि त्यहाँका स्कूलहरु बन्द गरिएको छ । 

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts