झापा: प्रम ओलीद्वारा रक्तसञ्चार भवनको उद्घाटन

What's This?


Download our app to get more features

फागुन २७, झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखा र उपशाखा बिर्तामोडको संयुक्त पहलमा बिर्तामोडमा निर्मित रक्तसञ्चार सेवा भवनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।

रु ५५ लाखको लागतमा निर्माण गरिएको भवन बिर्तामोड–१ स्थित देवी पञ्चकन्या प्लटिङमा रहेको उक्त भवन २०६९ साल असार ३ गते निर्माण प्रारम्भ गरिएको नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका सचिव एकराज गिरीले जानकारी दिनुभयो ।

तीनतले उक्त भवनमा रेडक्रस, बिर्तामोडको कार्यालय तथा जिल्लाको सम्पर्क कार्यालयसमेत रहेको छ । भवन निर्माणका लागि देवी पञ्चकन्या ल्याण्ड एण्ड हाउजिङ प्रालिले १२ धुर जग्गा निःशुल्क उपलब्ध गराएपछि भवन निर्माण सुरु गरिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो ।

भवन दाताको सहयोगमा निर्माण गरिएको रेडक्रस सोसाइटी, बिर्तामोडका सभापति सजेश शिवाकोटीले बताउनुभयो ।

यसैबीच, भवन निर्माणमा सघाउ पुयाउने दातालाई सम्मान पनि गरिएको थियो ।

-रासस

Last modified on 2016-03-10 13:06:58


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts