व्रत बस्नुका यस्ता छन् फाइदा ...



Download our app to get more features

यतिबेला  हिन्दू नारीहरुको महान चाड तीजको रौनक छ । 

घर, चोक र चौताराहरूमा तीज गीत घन्किरहेका छन् । राता कपडामा सजिएका महिलाले वातावरण नै रंगीचंगी बनाइरहेका छन् । तीजका अवसरमा भगवान शिवको व्रत बसे श्रीमानले दीर्घायू पाउने र अविवाहिताले सुयोग्य वर पाउने विश्वास गरिन्छ । तीजमा निराहार (पानी समेत नखाई) व्रत बस्दा शरीरमा पानीको मात्रा कम भइ कमजोर बन्छ । निराहार बस्दा र नाचगानको थकाइका कारण कतिपय व्रतालु बिरामी समेत पर्ने गरेका छन् ।

तर, निराहार व्रतका बेफाइदा मात्र छैनन् । निश्चित समयसम्म निराहार बस्दा स्वास्थ्यमा फाइदा पनि पुग्छ । सातामा एक दिन व्रत बस्नु महिला मात्र नभइ सबैका लागि राम्रो हुन्छ । तर भगवानका नाममा दिनभर पानी समेत नखाइ व्रत बस्नु स्वास्थयको लागि राम्रो होइन । आफ्नो शरीरले सहन सक्ने किसिमले व्रत बस्ता राम्रो हुन्छ । जस्तैं पानी र फलफूल सेवन गरि व्रत बस्ने आदी ।

 चाडपर्व विशेषमा मात्र नभइ साप्ताहिक रुपमा व्रत बस्दा स्वास्थ्यलाई फाइदा हुन्छ । वर्षमा एक पटक पानी पनि नपिइ व्रत बस्नु भन्दा सातामा एक पटक पानी, फलफूल सेवन गरी व्रत वस्नु राम्रो हो । व्रतले मानव शरीरमा गर्न फाइदा र बेफाइदा बारे वीर अस्पतालका ग्यास्ट्रोइन्ट्रोलोजिष्ट प्रा.डा. भुपेन्द्र बस्नेतको भनाइ यस्तो छ

 नियमित व्रत बस्दाका फाइदा 

  • व्रत बस्दा तौलमा नियन्त्रण हुन्छ ।
  • तौल बढी या घटी हुँदा हुने विभिन्न समस्याबाट जोगिन सकिन्छ ।
  • उच्च रक्तचाप, मधुमेह, यूरिकएसिड, कोलेस्ट्रोल तथा दीर्घ रोगबाट बचाउँछ ।
  •  पाचन प्रक्रियाले आराम पाउँछ । 
  •  रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ ।
  •  शरीरमा रहेका विषाक्त पदार्थ सफा हुन्छ ।

तर, पानी पनि नपिइ निराहार व्रत बस्नु स्वास्थ्यलाई हानिकारक मानिन्छ । पानी नपिउँदा शरीरमा पानीको कमी भई डिहाइड्रेसनजस्ता समस्या निम्तन्छ । त्यसतर्फ ख्याल गर्नुपर्छ । व्रतका बेला घरमै बस्दा समस्या नहुन सक्छ । तर, निराहार व्रत बसेका बेला धेरै परिश्रम गर्ने, चर्को घाममा हिँडडुल गर्दा  शरीरमा पानीको कमी हुन जान्छ । यस्तो अवस्थामा चक्कर लाग्ने, कमजोरी महसुस हुने तथा ब्लड प्रेसर घटबढ हुनसक्छ । शरीरमा पानीको मात्रा कमी भए त्यसको असर मिर्गौलामा पर्छ । त्यसकारण व्रत बस्दा निराहार भन्दा पानी र फलफूलको सेवन गर्नु फाइदाजनक हुन्छ । 

Last modified on 2019-09-02 12:17:46


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts