मृगौला जाला है !!! ख्याल गर्नुहोस्

What's This?


Download our app to get more features

मृगौला भनेको शरीरको पेट पछाडि ढाडको दुवैतिर रहेको दुईवटा अति महत्वपूर्ण अगं हो । रगतमा भएको फोहोर  पिसावबाट फालेर रगत सफा राख्दछ । यसले रगतमा भएको नुन र खनिज पदार्थ सन्तुलनमा राख्दछ । यसले रक्तचाप सन्तुलनका लागी पनि महत्वपूर्ण कार्य गर्दछ । हृदयघात, मुटुरोग, अत्याधिक मदिरा सेवन, उच्च रक्तचाप लगायत अन्य रोगका कारण मृगौलाले काम गर्न सक्दैन् ।
 
नेपालमा करिब ३० लाख मानिसलाई मृगौलासम्बन्धी कुनै न कुनै रोग लाग्ने गरेको छ । मिर्गौलाको उपचार अत्यन्त महँगो भएका कारण पनि यो रोगबाट बच्नका लागि सचेतना फैलाउनुपर्ने आवश्यकता छ । बर्षेनी लाखौं व्यक्ति दीर्घकालीन मृगौला रोगका कारण अकाल मृत्युको सिकार हुने गर्छन् ।

मृगौला किन फेल हुन्छ त ?
प्रत्येक मृगौला सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो हुन्छ र त्यसमा लाखौको संख्यामा नेफोनहरु हुन्छन । जुन एउटा अति नै सानो फिल्टर जस्तै हुन्छ र यो फिल्टरले रगतमा भएको फोहोर पदार्थ र बढी भएको पानी छानेर पिसाब बाट बाहिर पठाउँछ । मृगौलाको फिल्टरले काम नगरेर नै छिन छिनमा पिसाब लाग्ने गर्छ ।
मृगौलारोग विशेषज्ञ डाक्टर अनिल बराल ।
भिडियो 

 

मृगौला फेल हुने कारणहरु

  • हृदयघात
  • मुटुरोग
  • अत्याधिक मदिरा सेवन,
  • उक्त रक्तचाप
  • मधुमेह 
  • संक्रमणजन्य रोग
  • कलेजो, बिग्रेको अवस्थामा
  • मृगौलाको पत्थरी, ट्युमर, क्यान्सरजस्ता सर्जिकल समस्याले पनि मिर्गौला बिगार्न सक्छ । र
  • ग्लोमरुलोनेफ्राइटिस, पोलिसिस्टिक किड्नी डिजिज अर्थात् पानीको फोका देखिने रोगले पनि मृगौला खराब गर्छ ।

के हुन लक्षण ?

  • थकाइ र कमजोरीको महसुस हुनु,
  • काममा कम ध्यान जानु, 
  • खानामा अरुचि, 
  • निदाउन कठिनाइ, 
  • राति खुट्टाको मासु गल्नु र फर्किनु, गोडा सुन्निनु, 
  • बिहान आँखा वरिपरि सुन्निनु, छाला सुख्खा हुनु र चिलाउनु,
  • राति बढी पिसाब लाग्नु, रक्तअल्पता । 
  • महिनावारीमा अनियमितता  । र
  • स्याँस्याँ हुने , पिसाब फेर्न गाह्रो हुने र छिन छिनमा पिसाब लाग्ने हुन्छ ।

मृगौला रोगबाट कसरी बच्ने त ?

  • कम्तीमा वर्षमा एक पटक मृगौलाको नियमीत परीक्षण गराउने ।
  • खानपानमा ध्यान पुर्याउदै अक्जालेट कम भएका खाना खान खाने ।
  • पान, गुटखा र सुपारी,मधपान धुमपानको कुलत बाट टाढारहने ।
  • जथाभाबि एन्टिवायोटीको प्रयोग नगर्ने, प्रयानगर्न गर्नैे परेपनी चिकित्सकको सल्लानुसार प्रयोग गर्ने
  • प्रयाप्त पानी पिउने ।
  • तौल सन्तुलनमा राख्नु र रक्तचाप नियन्त्रण गर्नु मिर्गौला बचाउने उपाय हुन् ।
  • औषधि प्रयोगमा सावधानी अपनाउने ।
  • सामान्य बिरामी हुँदा पनि औषधि प्रयोग गरिहाल्ने बानी हटाउने ।
  • स्वच्छ पानी प्रशस्त पिउने । 
  • नियमित व्यायाम गर्ने ।
  • जाँडरक्सी तथा चुरोट, बिँडीबाट टाढा रहने ।
  • सन्तुलित आहार गर्ने बानी बसाल्ने र 
  • परिवारका कुनै सदस्यलाई पत्थरी, मधुमेहजस्ता रोगको संक्रमण भएमा विशेष सजगता अपनाउनुपर्ने चिकित्सकहरू सुझाव दिन्छन् ।

विश्वभरि मृगौला रोगीको संख्या नाटकीय रूपमा अकासिँदै गएको पाइन्छ । यसले गर्दा स्वास्थ्य क्षेत्रमा ठूलो आर्थिक भार थपिँदै गएको छ । विश्वभरि ८–१० प्रतिशत मानिस कुनै न कुनै किसिमको मृगौला रोगबाट पीडित भएको पाइन्छ । 

नेपालमा ३० लाख व्यक्ति कुनै न कुनै मृगौला रोगबाट पीडित छन् भने बर्से्नि करिब ३००० जनाको मृगौला ’फेल’ हुने गरेको अनुमान छ । यसबाट प्रत्येक वर्ष करिब ६ अर्ब रुपैयाँ बिदेसिने गरेको विश्वास छ ।

सुरुमै मृगौला रोग लागेको थाहा नपाउँदा मृगौलाका कार्यहरू बिस्तारै कम हुँदै गई अन्तमा मृगौला ’फेल’ हुन्छ र बाँच्नका लागि डायलाइसिस वा प्रत्यारोपणमा भर पर्नुपर्ने हुन्छ । डायलाइसिसको तुलनामा प्रत्यारोपण ज्यादै उपयोगी र किफायती मात्र नभई प्रत्यारोपणबाट पुनःजीवन नै प्राप्त हुन्छ तर पनि यी दुवै सेवा हाम्रोजस्तो निम्न आय भएको देशका जनताका लागि अत्यन्त महँगो पर्छ । प्रत्यारोपणपश्चात महिनैपिच्छे सेवन गर्नुपर्ने औषधिका लागि करिब २० हजार रुपैयाँको खर्च लाग्छ ।

यसैबीच एघारौँ विश्व मिर्गौला दिवसको अवसरमा किड्नी फाउन्डेसनले राजधानीमा ¥यालीको आयोजना गरेको  छ ।
¥यालीमा  ‘मिर्गौला बचाऔँ’ र ‘मिर्गौला बचाउन खानपानमा ध्यान दिऊँ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका सयौं मानिस सहभागी थिए ।

 

¥यालीलाई सम्बोधन गर्दै उद्योग राज्यमन्त्री मेघराज नेपाली ‘निषाद’ले नेपालको सन्दर्भमा मिर्गौला प्रत्यारोपणसम्बन्धी भएका ऐन÷कानुनलाई सुधार गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । फाउन्डेसनका अध्यक्ष डा शक्ति बस्नेतले नेपालमा करिब ३० लाख मानिसलाई मिर्गौलासम्बन्धी कुनै न कुनै रोग लाग्ने गरेको जानकारी दिनुभयो । 

Last modified on 2017-03-07 12:36:48


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts